१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न मन्त्री भट्टराईको आग्रह



अ+ अ-

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । 

आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बी बीच भएको शिष्टाचार भेटमा  मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा युएई सरकार र  ब्यवसायीहरुलाई आग्रह गर्नु भएको हो । 

मन्त्री भट्टराईले कोभिड १९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि  युएई सरकारको सहकार्यको प्रसंसा गदै आउदो दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गर्नभयो ।
 
राजदुत नाक्बीले काठमाडौं युएई उडान थप गर्न आग्रह गर्नुभएको थियो सो सम्बन्धमा  मन्त्री भट्टराईले सकारात्मक भई चाडै निर्णय लिने जानकारी गराउनु भएको थियो ।