४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

सैफ प्रकरणमा नयाँ मोड, पक्राउ परेका अभियुक्तको अनुहार घरभित्र पसेको व्यक्तिसँग मिलेन !

सैफ प्रकरणमा नयाँ मोड, पक्राउ परेका अभियुक्तको अनुहार घरभित्र पसेको व्यक्तिसँग मिलेन !
अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि भएको प्राणघातक हमलाको प्रकरणमा लगातार नयाँ नयाँ जानकारीहरु आइरहेका छन् ।

अब यो प्रकरणमा नयाँ मोड आएको छ । फरेन्सिक ल्याबको अनुसन्धानका अनुसार सैफको घरमा रहेको सीसीटीभी क्यामेरामा कैद भएका व्यक्ति र प्रहरीको हिरासतमा रहेका अभियुक्त फरक–फरक व्यक्ति हुन् ।

जनवरी १६ मा सैफ अली खानको बान्द्राको घरमा भएको हमलापछि प्रहरीले यस प्रकरणको अनुसन्धान गरिरहेको छ ।

सैफको घरबाट बरामद गरिएको सीसीटीभी फुटेजको अनुसन्धानले सैफको घरमा प्रवेश गर्ने र बाहिर निस्कने व्यक्ति र प्रहरी हिरासतमा रहेका अभियुक्त फरक–फरक व्यक्ति भएको खुलेको छ ।

यसबाट प्रहरी हिरासतमा रहेको व्यक्ति सैफको घरमा देखिएका व्यक्तिसँग मेल खाँदैन भन्ने स्पष्ट हुन्छ ।

फरेन्सिक ल्याबको प्रतिवेदन अनुसार सीसीटीभी फुटेजमा देखिएका व्यक्तिको शारीरिक संरचना, उचाइ र अनुहार पक्राउ परेका अभियुक्तभन्दा बिल्कुलै फरक रहेको छ । यसबाट एउटा कुरा स्पष्ट हुन्छ कि प्रहरी हिरासतमा उपस्थित व्यक्ति सैफको घरमा देखिएका व्यक्तिभन्दा बिल्कुलै भिन्न छन् ।

यो नयाँ खुलासापछि प्रहरीले अनुसन्धानलाई तीब्र बनाएको छ । अब प्रहरीले पक्राउ परेका अभियुक्त सैफ अली खानमाथि भएको हमलामा साँच्चै संलग्न थिए वा थिएनन् भन्ने सुनिश्चित गर्नुपर्नेछ । यसका लागि प्रहरीले आरोपीलाई सोधपुछ गर्न थालेको छ भने बाँकी प्रमाणको खोजी सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।