१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता

स्वदेशी वस्तु प्रयोगमा जुट्दै सरकार

स्वदेशी वस्तु प्रयोगमा जुट्दै सरकार
अ अ+ अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई द्रुत कार्यान्वयनमा ल्याउन जुटेको छ ।

गत पुस २९ गते सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ राजपत्रमा प्रकाशित भएपछि मन्त्री दामोदर भण्डारीले द्रुत कार्यान्वयनका लागि तीव्रता दिएका छन् । मन्त्रालयमा आज उनले निजी क्षेत्रसँग सो सम्बन्धमा छलफल गरेका छन् ।

उक्त छलफलमा निजी क्षेत्रका प्रतिनिधिले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई अनिवार्य गर्न मन्त्रालयबाट भएको पहलकदमीको स्वागत गरेका छन् । मन्त्री भण्डारीले निजी क्षेत्रका प्रतिनिधिसँग यसअघि पनि स्वदेशी प्रयोगसम्बन्धी निर्देशिका माथि सुझाव लिएका थिए । उहाँले स्वदेशी वस्तु प्रयोगसम्बन्धी गठित निर्देशिका समितिको बैठकपश्चात् छिट्टै कार्यान्वयनको चरणमा लगिने बताए ।

स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिकाको पूर्ण कार्यान्वयनका लागि निजी क्षेत्रको दबाब आवश्यक रहेको मन्त्री भण्डारीको भनाइ थियो । उहाँले स्वदेशी वस्तुको प्रयोगले गुणस्तरीय वस्तु उत्पादन हुनुका साथै नेपाली उत्पादकको व्यवसाय पनि फस्टाउने र अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरेका छन्।

सो अवसरमा मन्त्रालयका सचिव कृष्णबहादुर राउत, सहसचिव जीतेन्द्र बस्नेत, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा राष्ट्रिय व्यवसायी पहलका अध्यक्ष कुशकुमार जोशी, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंह, महिला उद्यमी महासङ्घका अध्यक्ष शोभा ज्ञवाली, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मलोहोत्रालगायत निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको सहभागिता रहेको थियो ।

स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका राजपत्रमा प्रकाशित भएपछि उद्योग मन्त्रालयले देशभरका सार्वजनिक निकायमा परिपत्र गरिसकेको मन्त्रालयका सहसचिव बस्नेतले जानकारी दिए ।