३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाडाको विषयमा विवाद हुँदा बसको ढोकाबाट खसेर महिलाको मृत्यु



सांकेतिक तस्बिर ।
अ+ अ-

गुल्मी। गुल्मीमा बसको ढोकाबाट खसेर एक यात्रुको मृत्यु भएको छ ।

भाडाको विषयमा झगडा भएपछि इस्मा गाउँपालिका वडा नम्बर ५ रातामाटाकी ३९ वर्षीया शान्ती कुमाल ढोकाबाट खसेकी थिइन् । उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृतयु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए ।

गुल्मीको तम्घास–छल्दी–सिमलटारी सडकखण्ड अन्तर्गतको धनार्जीमा बुटवलदेखि तम्घास हुँदै अर्खबाङ्ग जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसमा मृतक महिलासँग बसका सहचालकको विवाद भएको थियो । सामान्य विवाद झगडा हुँदा बस गुड्ने क्रममा ती महिना ढोकामा झुण्डिन पुगेकी थिइन् ।