९ माघ २०८१, बुधबार
,
Latest
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण ‘अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ’ टर्कीको एक होटलमा आगलागी, ७६ जनाको मृत्यु अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशविरूद्ध २२ राज्य अदालतमा च्याम्पियन्स लिगः अल्भारेज चम्किँदा एट्लेटिको विजयी च्याम्पियन्स लिगमा लिभरपुलको लगातार सातौं जित महिला यू–१९ विश्वकप क्रिकेट : नेपालले आज अस्ट्रेलियाको सामना गर्ने नौ गोलको ‘थ्रिलिङ म्याच’मा रोमाञ्चक जित निकाल्दै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा रवि लामिछाने सुप्रिम सहकारी ठगी मुद्दामा आज रुपन्देही अदालतमा उपस्थित हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना प्रविधि उद्यमी र विज्ञसँग प्रधानमन्त्री, घरमै बसेर एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ताजस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट पार्नुभयो ।

कार्यक्रमका सहभागी उद्यमी र विज्ञहरुले हालै सरकारले ल्याएको अध्यादेशमा नेपालीले सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी खोल्न सक्ने र लगानी स्वदेश तथा विदेशमा आदानप्रदान हुने खालको सहजीकरणको व्यवस्थाले आफूहरुलाई उत्साहित तुल्याएको भन्दै प्रधानमन्त्री ओली र सरकारलाई धन्यवाद दिएका थिए । रासस