२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानलाई खानेपानी माग्दै मन्त्रालय पुगे हर्क साम्पाङ



अ+ अ-

काठमाडौं । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको गरेको भन्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका मेयर हर्क सम्पाङ सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेका छन् ।

रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेका सम्पाङ खानेपानी मन्त्रालयभित्र गाग्रीविनै पुगेका छन् । गाग्रीसहित सिंहदरबार भित्रप्रवेश गर्न नपाइने भएकोले उनलाई सुरक्षाकर्मीले गाग्रीविनै प्रवेश गराएका हुन् ।

उनले यसअघि भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए । खानेपानीको अभाव झेल्दै आएका धराने जनतालाई खानेपानीको दीर्घकालीन व्यवस्था गर्नुपर्ने भन्दै उनी दबाब दिन रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका थिए ।

उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको छ ।

 




भर्खरै