२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनसिल्क भाइब्स सिजन ४ का विजेताको घोषणा



अ+ अ-

काठमाडौँ। युनिलिभरको ब्राण्ड ‘सनसिल्क दशैं भाइब्स’ अभियानको ३ वर्षको लगातार सफलतापछि सनसिल्कले सनसिल्क भाइब्स सिजन ४ का विजेताको घोषणा गरेको छ ।

विजेता हुनेहरूमा आकृति अर्याल, मनीषा लामा, र सुहाना ठाकुर रहेका छन् । उनीहरूले १००,००० रुपैयाँ प्राप्त गरेका छन् । युनिलिभरको ब्रान्ड ‘सनसिल्क दशैं भाइब्स’ अभियानको तीन वर्षको लगातार सफलतापछि सनसिल्कले आफ्नो यस पहललाई नयाँ उचाइमा लागेको थियो ।

प्रत्येक विजेताले १ लाख रुपैयाँ प्राप्त गरेका छन् । ब्रान्डको प्रतिनिधित्व गर्न सनसिल्क एम्बेसेडर प्रिज्मा र प्रिन्सीसँग सामेल हुने मौका पाएका छन्, जसले आत्मविश्वास, सौन्दर्य र आत्मअभिव्यक्तिलाई मूर्त रूप दिने सिस्टर हुड बनाउन मद्दत गर्ने अपेक्षा छ ।

यस वर्षको सनसिल्क भाइब्स अभियानले विभिन्न प्लेट फर्महरूमा २२.९ मिलियन भ्यूजहरू प्राप्त गर्दै नयाँ उचाइ लिएको छ । यसले सनसिल्कको आफ्ना दर्शकहरूसँगको बलियो सम्बन्ध र कपालको माध्यमबाट व्यक्तित्व मनाउने बढ्दो उत्साह देखाएको छ ।

यस वर्ष नेपालभरका सहभागीले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा शेयर गरे, जसले उनीहरूको प्लेफुल, स्लीक, फेस्टिभ र बोल्ड हेयरस्टाइलहरू देखाएको थियो । प्रत्येक पोस्ट व्यक्तित्वको प्रतिबिम्ब थियो, जसले दैनिक पलहरूमा रहेको उमङ्ग बाहिर ल्याउन मद्दत गरेको जनाइएको छ ।