२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमुख्यमन्त्रीमाथि आक्रमण गर्ने तीन जना पक्राउ



अ+ अ-

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका थापामाथि हातपात गरेको आरोपमा प्रहरीले शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरेको हो । अर्को एक जना भने विद्युत् प्राधिकरणका चालक रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले बताए ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट घरतर्फ फर्किदै गर्दा शनिवार साँझ करिव ६ बजे पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका –२ जुकेकल्भर्ट भन्ने स्थानमा थापामाथि कुटपिट भएको थियो । बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ ञ १८७० मा सवार समूहले कुटपिट गरेको हो । विद्युत् प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो ।

कुटपिटबाट घाइते भएका पूर्व मुख्यमन्त्री थापा बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारपछि आफ्नो निवासमा फर्किएका छन् ।