१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा



अ+ अ-

काठमाडौँ। इरानलाई पराजित गर्दै नेपाली पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा पुगेको छ ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा भएको सेमिफाइनलमा इरानलाई ७२-२० ले हराउँदै नेपाली पुरुष टोली फाइलनमा पुगेको हो ।

नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

यसअघि  नेपालको महिला टोलीले पनि  युगाण्डालाई हराएर फाइनलमा स्थान बनाइसकेको छ । सेमिफाइलनमा महिला टोलीले युगान्डालाई ८९-१८ अंकले पराजित गरेको हो ।

 नेपालको टोली कुनै पनि खेलको विश्वकपमा फाइनल पुगेको यो पहिलोपटक हो ।