५ भाद्र २०८३, शुक्रबार
,
Latest
रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौवादुङमा आमन्त्रित गोल्डकप : अलस्टार र कोटकालिका सेमिफाइनल प्रवेश



अ+ अ-

भोजपुर। भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङग्रे रङ्गशालामा जारी दोस्रो आमन्त्रित गोल्डकप फुटबलअन्तर्गत आज भएको पहिलो खेलमा अलस्टार फुटबल क्लब धरानले देउराली फुटबल क्लबलाई ४–१ गोलले पराजित गरेको छ ।

अलस्टारका राकेश राई, उत्कस कुँवर र आचल लिम्बूले गोल गरे। दोस्रो खेलमा कोटकालिका फुटबल क्लबले आम्तेक–११ फुटबल क्लबलाई ५–० गोलले पराजित ग¥यो । कोटकालिकाका लागि कमल खवास, रिचार्ड बिल्सनले १-१ एक गोल गरे भने अमिर बेश्राले ह्याट्रिक गरे ।

ती दुवै खेलका विजेता टिम सेमिफाइनल प्रवेश गरेका छन् । गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद तीन लाख हात पार्नेछ भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछ ।

फाइनल खेल यही माघ ९ गते हुने आयोजकले जनाएको छ । गत वर्षदेखि सुरु प्रतियोगिताको दोस्रो संस्करणमा १२ टिमको सहभागिता रहेको छ ।