२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रुपमा विकास गर्न आवश्यकः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको ४६ प्रतिशतले भू–भाग वन क्षेत्रले ओगटेकाले फर्निसिङका लागि यो क्षेत्र प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताउनु भयो । उहाँले सरकारले फिर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रमा विकास गर्न सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले पनि नेपालले विदेशमा प्लाइउड धेरै निर्यात गरिरहेको बताउनु भयो । उहाँले यो क्षेत्रमा पनि सरकारले विदेशी पुँजी पनि भित्र्याउन खाजेको बताउनु भयो ।

उहाँले नेपाली पुँजीलाई पनि प्रवद्र्धन गरी प्रविधिको विकास गर्न खोजिएको जानकारी दिनुभयो । मन्त्री भण्डारीले विदेशी पुँजी र प्रविधि दुवै भित्र्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले वैदेशिक पुँजी प्रविधिसँग जोड्ने योजनामा रहेको बताउनु भयो । उहाँले अहिले नेपालको वित्तीय क्षेत्रमा पुँजी थुप्रिएर बसेको भन्दै सम्भावना भएका क्षेत्रमा वित्तीय क्षेत्रले लगानी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले ग्रामिण क्षेत्रमा करिव एक खर्ब भन्दा बढी पुँजी हुने रुखहरु लडिरहेको भन्दै त्यसलाई उपभोगको नीति ल्याउने गरी सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले स्थानीय स्रोत र साधनको प्रयोग स्थानीयले गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,‘नेपाल ४६ प्रतिशतले ओगटेको छ । यो क्षेत्रमा प्रचुर सम्भावना छ । फर्निसिङ क्षेत्रलाई नेपालको निर्यात क्षेत्रमा विकास गर्न सकिन्छ । नेपालको प्लाइउड धेरै निर्यात गरेको छ । नेपाली बजारमा विदेशी पुँजी पनि भित्र्याउन खाजेका छौं । नेपाली पुँजीलाई पनि प्रवद्र्धन गरी प्रविधिको विकास गर्न खाजेका छौं । विदेशी पुँजी र प्रविधि भित्र्याउने भनिएको छ । पुँजी प्रविधिसँग जोडिनुपर्छ । नेपालको वित्तीय क्षेत्रमा पुँजी थुप्रिएर बसेको छ । तर मुलुकमा यति धेरै सम्भावना छ । प्रदर्शनीहरुमा वित्तीय क्षेत्रलाई पनि प्रवेश गराउनुपर्छ । उद्योग मन्त्रालयका केही युनिटहरुलाई प्रदर्शनीमा पठाउँछौं । प्रविधि हस्तान्तराण भनिएको छ तर ग्रामिण क्षेत्रमा करिव एक खर्ब भन्दा बढी पुँजी हुने रुखहरु लडिरहेका छन् । त्यसलाई उपभोगको नीति ल्याउनुपर्छ । स्थानीय स्रोत र साधनको प्रयोग ल्याउनुपर्छ त्यसको प्रयोग स्थानीयले ल्याउने हो । यस्ता मेलाहरु काठमाडौंमा मात्रै होइन । नेपालका सात प्रदेशका औद्योगिक क्षेत्रहरुमा आयोजना गर्न आवश्यक छ । बैंक तथा वित्तीय क्षेत्रले लगानीका क्षेत्र पहिचान गरेर लगानी गर्न सक्नुपर्छ ।’

उहाँले स्वदेशी वस्तुहरुको प्रदर्शनीहरु काठमाडौंमा मात्रै सिमित हुन नहुने भन्दै सात प्रदेशका औद्योगिक क्षेत्रहरुमा आयोजना गर्न आवश्यक रहेको बताउनु भयो ।




भर्खरै