१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमणबारे सर्वोच्च बारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसनले यही माघ २ गते वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमण, गाली–गलौज तथा धम्कीपूर्ण कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

एशोसिएसनका सचिव रमणकुमार कर्णले आज जारी गरेको प्रेस विज्ञप्तिमा काठमाडौँ जिल्ला अदालतमा चलिरहेको सङ्गठित अपराध र ठगी मुद्दामा थुनछेक बहस गरी अदालतबाट बाहिर निस्किने क्रममा जाहेरवालाका तर्फबाट बहस गरेकै आधारमा बहस पैरवीका बुँदाहरूलाई लिएर अराजक समूहबाट यस बार एशोसिएसनका सदस्य वरिष्ठ अधिवक्ता डा त्रिपाठीमाथि व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

“कानुन व्यवसायीमार्फत आफ्नो प्रतिरक्षा गर्न पाउने हक नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक हो । कानुन व्यवसायीमाथि हुने हातपात कुटपिट तथा कुनै पनि प्रकारको भौतिक तथा मानसिक आक्रमण कानुन व्यवसायीउपर मात्र नभई स्वतन्त्र न्यायपालिका र समग्रमा संविधान माथिकै सुनियोजित आक्रमण हो भन्ने बार एशोसिएसनको ठम्याइ रहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

बार एशोसिएसनले यस घटनाका प्रत्यक्षदर्शीहरू, खिचिएका भिडियोहरू र सम्बद्ध प्रमाणसमेतलाई अनुसन्धानका आधार बनाई निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरी दोषीमाथि अविलम्ब कानुनबमोजिम कारबाही गर्न र भविष्यमा यस्तो घटना नदोहोरियोस् भनी त्यसतर्फ आवश्यक प्रबन्ध गर्न गराउन गृहमन्त्रालयलगायत सम्बद्ध निकायसमक्ष माग गरेको छ ।

बारले यस्ता घटनाले स्वतन्त्र न्यायपालिकाको न्यायसम्पादन कार्यलाई अवरूद्ध गर्ने हुँदा यस्ता कार्य अदालतको अपहेलनाजन्य कार्यसमेत भएकाले यसप्रति सबैपक्ष संवेदनशील हुन आवश्यक रहेको जनाएको छ ।