२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायको आपत्ति



अ+ अ-

काठमाडौँ । शेर्पा समुदायले नेपाली चलचित्र ‘कार्साङ’को कथावस्तुमा गलत प्रस्तुति गरेको भन्दै आपत्ति जनाएका छन् ।

चलचित्रमा बलि र छेवर संस्कारलाई देखाइएको तर ती प्रथाहरू शेर्पा समुदायमा नरहेको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो ।

बौद्ध धर्मावलम्बी शेर्पा समुदायका अनुसन्धानकर्ता सेर्कु शेर्पाले शेर्पा संस्कृतिमा बलि र छेवरको कुनै स्थान नभएको बताउँदै यस्ता चलचित्रहरूले सांस्कृतिक विचलन ल्याउन सक्ने चेतावनी दिएका छन् ।

शेर्पा चलचित्र संघले जारी गरेको विज्ञप्तिमा शेर्पा समुदायको संस्कारको दुरुपयोग गरेको भन्दै सार्वजनिक माफीको माग समेत गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शेर्पा समुदायले बुद्ध धर्मलाई मान्छ, बलि दिने प्रथा हाम्रो संस्कृति होइन ।’

यता, निर्माण पक्षले भने चलचित्रको कथावस्तु समग्र शेर्पा समुदायको नभई सिन्धुपाल्चोकको यार्सा गाउँका शेर्पा समुदायको संस्कारमा आधारित रहेको स्पष्ट पारेका छन्। निर्देशक याम शेर्पाले चलचित्रको प्रचार सामाग्रीबाट ‘शेर्पा संस्कृतिमा आधारित’ भन्ने वाक्यांश हटाइएको जनाएका छन् ।

पुस २६ गतेदेखि प्रदर्शनमा आएको ‘कार्साङ’ मा दयाहाङ राई, जितु नेपाल, सिर्जना निङ्लेखु, दिया मास्के र बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।