काठमाडौँ। रिब्स र निस्ट, भक्तपुर चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुद्धनगरस्थित आयोजक केएमसी स्कुलको कोर्टमा रिब्सले केएमसी ‘ए’ लाई १८–११ ले पराजित ग¥यो । निस्टको जितमा निमिशा धामी र विदिशा पराजुलीले समान ५–५ अंक योगदान गरे । संस्कृति पौडेलको १४ अंक सहयोगमा निस्टले केयर इङलिसलाई ३२–१२ ले सहजै हरायो ।
काठमाडौं शिक्षालय र डिफेन्डिङ च्याम्पियन एनसीसीएसले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। सिनियर ब्वाइजमा विल्सन एकेडेमीले सनसाइनलाई ७५–२३, एम्बासडरले भीएस निकेतनलाई ४३–२७ र केएमसी ‘ए’ ले गोदवरी रेसिडेन्सियललाई ४७–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे ।
विल्सनका अनुप मगरले २४, एम्बासडरका विसन खड्काले १८ र केएमसी ‘ए’ स्वीकार श्रेष्ठले २३ स्कोर गरे । एन्जल्स लर्ड पनि मार्वलसबाट वाक ओभर पाउदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।
जुनियर ब्वाइजमा जनप्रेमीले काठमाडौं शिक्षालयलाई १०–९ तथा काठमाडौं इङलिस स्कुल (केइएस) ले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई २२–६ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । जनप्रेमीका सुमित थापाले ५ तथा केइएसका आयुश तिमल्सिनाले १० अंक जोडे ।