२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा स्मार्टफोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर



अ+ अ-

एजेन्सी । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन ब्राण्डको हैसियत गुमाएको नयाँ तथ्याङ्कले देखाएको छ ।

क्यालिफोर्नियामा मुख्यालय रहेको विश्वप्रसिद्ध विशाल प्रविधि कम्पनी एप्पलले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भनिने चीनमा विक्रीको १५ प्रतिशत बजार हिस्सा लिएको छ । चीनको स्थानीय बजारमा एप्पललाई पछि पार्दै हुवावेले १६ प्रतिशत र भिभोले १७ प्रतिशत बजार हिस्सा ओगटेको आद्योगिक तथ्याङ्क प्रदायक क्यानालिसले जनाएको छ ।

साथै, चीनमा कुल स्मार्टफोन बिक्रीमा निकै तल रहेका चिनियाँ ब्राण्ड ओपो र अनरले पनि करिब १५ प्रतिशत विक्रीको हिस्सा लिँदै एप्पललाई चुनौती दिएका छन् ।

बजारमा गिरावटको सामना गरिरहेको एप्पलले चीनमा सन् २०२३ मा पाँच करोड १० लाख ८० हजार आइफोन विक्री गरेकोमा यो सङ्ख्या सन् २०२४ मा चार करोड २० लाख ९० हजारमा सिमित भएको छ ।

क्यानालिसका रिसर्च म्यानेजर अम्बर लिउले ‘तीव्र प्रतिस्पर्धाका कारण’ एप्पलका लागि निरन्तर बदलिँदो परिदृश्य आएको छ ।

शीर्ष स्थानमा रहेको भिभोले गत वर्ष ‘बलियो गति’ देखाएको उल्लेख गर्दै लिउले भन्नुभयो, “कम्पनीको रणनीतिले ‘सुरूवाती तहदेखि मध्यमदेखि अन्तसम्म आफ्नो स्थान बलियो बनाउन’ मद्दत गरिरहेको छ ।”

यसैबीच, कुनै समय राष्ट्रिय सुरक्षा चिन्ताका कारण वासिङ्टनबाट कडा प्रतिबन्धहरूको सामना गरेको शेन्जेनमा मुख्यालय रहेको हुवावेले सन् २०२४ मा यसको घरेलु बजारमा पुनरुत्थान जारी राख्यो ।

क्यानालिसको तथ्याङ्कअनुसार कम्पनीले गत वर्ष कुल स्मार्टफोनको नियातमा ३७ प्रतिशतले वृद्धि हासिल गरेको छ ।

एप्पलको आईफोन चीनमा अझै पनि लोकप्रिय छ, तर विशाल बजारका धेरै उपभोक्ताहरूले हालका वर्षहरूमा घरेलु विकल्पहरूमा सरेका छन् किनकि बजारको क्षेत्र र प्रतिस्पर्धा तीव्र भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले गत वर्ष धेरै पटक चीनको भ्रमण गर्नुभएको थियो ।

क्यानालिसको तथ्याङ्कअनुसार चौथो त्रैमासिकमा एप्पलको स्मार्टफोनको निर्यातमा २५ प्रतिशतले गिरावट आएको छ ।

रिपोर्टमा भनिएको छ, “चौथो त्रैमासिकमा चीनको मुख्य भूमिमा उत्पादन भएका चिनियाँ स्मार्टफोन बजार पाँच प्रतिशतले वृद्धि भएको छ र कुल निर्यातको सात करोड ७० लाख ४० हजार युनिट पुगेको छ । यस क्षेत्रको लागि थप सकारात्मक सङ्केतमा, बेइजिङले गत हप्ता घोषणा गरेको केहि स्मार्टफोनहरूको व्यक्तिगत खरीदको लागि छुटको योजनाले पनि काम गरेको छ ।

क्यानालिसका अनुसन्धान विश्लेषक लुकास झोङले भन्नुभयो, “पछिल्लो नीतिले यस वर्षको बजार वृद्धिको जग बसालेको छ र विक्रेताहरूले बजारको बाटो र आपूर्तिको लागि तयारी सुरु गरिसकेका छन्।”