२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पुलिस क्लबले जित्यो जय ट्रफी



अ+ अ-

काठमाडौं । जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा त्रिभुवन आर्मीलाई २८ रनले हराउँदै पुलिसले उपाधि हात पारेको हो ।

जितका लागि १०३ रनको लक्ष्य पाएको आर्मी २९.२ ओभरमा ७४ रन मात्रै सिमित रह्यो । चौथो इनिङमा आर्मीका कुनै पनि ब्याटर विकेटमा जम्न सकेनन् । ओपनर इमरान सेखले सर्वाधिक २८ रन बनाए । कप्तान विनोद भण्डारी र सोमपाल कामी समान ११/११ रन बनाउदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसको जितमा स्पिनर जोडी सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । सागरले ६ र ललितले ४ विकेट लिएका छन् ।

त्यसअघि ९ विकेटको क्षतिमा १ सय ३२ रनबाट तेस्रो दिनको खेल सुरु गरेको पुलिस १३९ रनमा अलआउट हुँदै १०२ रनको अग्रता बनाएको थियो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ४५ तथा दिलिप नाथले ३४ रन बनाएका थिए । आर्मीका साहब आलमले ५ तथा बसिर अहमदले ४ विकेट लिए ।

पहिलो इनिङमा पुलिसले ९ विकेटको क्षतिमा १ स सय ३३ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो भने आर्मीले १ सय ७० रन बनाएको थियो ।