२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशिका तामाङको चस्मामा क्यामेरा !



अ+ अ-

काठमाडौं । बुधबार पक्राउ परेकी सामाजिक अभियन्ता तथा अभिनेत्री आशिका तामाङको चस्मा सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी तामाङले प्रहरी नियन्त्रणमा हुनुअघि फेसबुकमा भिडियो राखेकी थिईन् । उनको राखेको भिडियोमा वरीपरी कसैले पनि भिडियो खिचेको जस्तो देखिएको थिएन ।यति मात्र हैन, प्रहरीले पनि भिडियो नबनाउन अनुरोध गरेका थिए । तर, आशिकाले फेसबुकमा हालेको भिडिओ मोबाइल क्यामेराबाट खिचेका जस्तो नदेखिएपछि धेरैले उनको चस्मामा क्यामेरा जडान भएको अनुमान लगाएका छन् ।

आशिकाले डिसेम्बर २३ मा सार्वजनिक गरेको चस्मा लगाएको फोटोमा दुई ओटा क्यामेरा स्पष्ट देखिन्छन् । जर्मनीबाट फर्केपछि उनले यस्तै चस्माबाट खिचिएका भिडिओहरू पोस्ट गरिरहेकी थिइन् । जर्मनी मै हुँदा पनि उनले पोष्ट गरेको एक भिडियामा छोराले चस्म्माको बारेमा साधेका थिए । आशिकाले छोराले नया चस्माबारे सोधेको बताएकी थिईन् । त्यसपछि उनले राखेका अधिकांश भिडिओ सोही चस्माबाट खिचिएको देखिन्छ ।

गत पुष २२ गते आशिकाले पशुपति क्षेत्र विकास कोष परिसरमा भएको विवादमा एक भिडियो सामाजिक सञ्जालमा हालेकी थिईन् । उक्त घटनाको भिडिओ पनि उनले चस्माबाटै खिचेकी थिइन् ।

तामाङले प्रयोग गरेको चस्मा फेसबुकको माउ कम्पनी मेटा र रेबनले सहकार्य गरी बनाएको हो । मेटाले यो चस्मा पहिलो पटक २७ सेप्टेम्बर २०२३ मा सार्वजनिक गरेको थियो । यस्तै, २०२४ मा कम्पनीले लाइभ भिडिओ स्ट्रिमिङ र मेटा एआई जस्ता विशेषतासहित नयाँ भर्सनको चस्मा सार्वजनिक गरेको थियो । १२ मेगापिक्सेलको क्यामेरा रहेको उक्त चस्माबाट तीन मिनेटसम्मको भिडिओ खिच्न सकिन्छ । यो चस्माबाट सिधैँ मेसेन्जर र ह्वाट्सएपमा भिडिओ कल समेत गर्न मिल्छ ।

गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा तामाङलाई प्रहरी वृत गौशलाले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।