१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

हराए ‘पोखराको सम्झना’

हराए ‘पोखराको सम्झना’
अ अ+ अ-

पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्ने गन्तव्यका रूपमा परिचित छ । यहाँ आउने पर्यटकहरू केबल मनोरञ्जनका लागि मात्र नभई आफ्नो यात्राको स्मरणका लागि विशेष उपहार खोज्ने गर्छन् । त्यस्तै पोखराको स्मरणीय उत्पादनमध्ये कुनै समय हातेतानबाट तयार गरिएको गलैँचा प्रख्यात थियो । यद्यपि, समयसँगै बढ्दो आयतित सामग्री र बजार व्यवस्थापनको अभावले आफ्नो मौलिकता बोकेको गलैँचाको बजार भने साँघुरिदै गएको छ ।

पोखरा महानगरपालिका–२ मोहरिया टोलका पसलहरुमा कुनै समय हातेतानबाट तयार गरिएका गलैँचाहरु प्रशस्त देखिन्थे तर अहिले एकाध पसल मात्र भेटिन्छन् । मोहोरिया टोलमा उमेरले झण्डै ८० पुग्न लागेको बताउनुहुने जग्गेलक्ष्मी जोशी पाँच दशकदेखि गलैँचा व्यवसायबाट गर्दै आएको बताउनुभयो । “झण्डै ५० वर्ष भयो मेरो नन्दले यो व्यवसाय गर्नुहुन्थ्यो, अहिले हामीले पनि निरन्तरता दिएका छौँ ।”

उहाँले भन्नुभयो, “दिनदिन व्यापार नभए पनि भएको दिन राम्रै हुन्छ, छोराले गलैँचा ल्याइदिन्छ, म बसेर बेच्छु, सन्तुष्ट छौँ ।” उहाँका छोरा मधुसुदन जोशी भने अन्यत्र कम्प्युटर क्षेत्रमा जागिर गर्नुहुन्छ । जग्गेलक्ष्मीले परम्परागत महत्व बुझ्ने मौलिक सामग्री उपहार चाहानेहरुले अझै पनि पोखराको सम्झना लेखिएका स्थानीय गलैँचालाई विशेष उपहारको रुपमा लाने गरेको बताउनुभयो । “कहिलेकाहीँ १५÷२० दिनमा बल्ल एउटा व्यापार हुन्छ भने कहिले राम्रै व्यापार हुन्छ” जोशीले भन्नुभयो । विशेषगरी अमेरिका जापान, जर्मन, थाइल्याण्ड, अष्ट्रेलिया, बु्रनाइ, हङकङतिर र गुरुङ, मगर समुदायले अझ बढी उपहारको रुपमा लाने गरेको उहाँको भनाइ छ ।

पुरानो डिजाइन घरका ढोकाहरुमा झुण्डाइएका गलैँचामा विदेशी पर्यटकको पनि नजर पर्ने गर्छ र उनीहरुले पनि खरिद गर्छन । पसलमा चार सयदेखि चार हजारसम्मका साना ठुला साइजका गलैँचा छन् ।पोखराको सम्झना’ लेखिएका गलैँचा प्रायः घरका भूँइमा देखिन्थे तर अहिले विस्तारै विस्थापित हुँदै गएको बताउनुहुन्छ पोखरा उद्योग वाणिज्य सङ्घको पूर्वअध्यक्ष आनन्दराज मुल्मी । “यो उत्पादन मात्र थिएन, यसभित्र परम्परा र संस्कृति पनि थियो, महिलाको आर्थिक सशक्तीकरणको आधार थियो, सांस्कृतिक संरक्षण, र रोजगारीको माध्यम पनि थियो ।” मुल्मीले पछिल्लो समय यसको बजार साँघुरिदै गएको र यदाकदा मात्र देखिने गरेको बताउनुभयो । उहाँले समयक्रमसँगै आधुनिक गलैँचाले गर्दा परम्परागत मौलिक गलैँचा भेटिन गाह्रो हुनथालेको बताउनुभयो ।

मुल्मीका अनुसार नेपाली गलैँचाको इतिहास हिमाली भेगका नागरिक र तिब्बती शरणार्थीको आगमनसँग जोडिएको छ । हिमाली भेगमा पाइने भेडाको ऊनबाट उत्पादन हुने धागो गलैँचा बनाउने मुख्य सामग्री हो । यो परम्परा तिब्बतसँग जोडिएको छ, जहाँ शरणार्थी महिलाहरूले आफ्नो परम्परागत सीपलाई पोखरामा भित्रयाए । शरणार्थी बस्तीसँग जोडिएको गलैँचा उद्योगले स्थानीय महिलालाई रोजगारीका अवसर सिर्जना ग¥यो । तिब्बती डिजाइनलाई नेपालको मौलिक डिजाइन र सांस्कृतिक झल्को दिएर रूपान्तरण गरियो ।

सन् १९५९ मा तिब्बतबाट शरणार्थीका रूपमा नेपाल प्रवेश गरेका तिब्बती महिलाहरूले पहिलोपटक हातेतानमा गलैँचाहरू उत्पादन गर्न थाले । उनीहरूको सीपलाई अझ सशक्त बनाउन स्वीस सरकारले सन् १९६० को दशकमा सहयोग ग¥यो । स्वीस सरकारको परियोजनाले उनीहरूलाई गलैँचा तान्ने प्राविधिक तालिम, गुणस्तर सुधारका उपाय र अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने तरिकाहरू सिकायो । गलैँचा उत्पादनबाट तिब्बती शरणार्थी उत्साहित भए नेपाली मौलिकतासँग जोडिएर उत्पादन गर्न थाले । स्विस सरकारले यसलाई थप बिस्तार गर्दै काठमाडौँ जावलाखेलको एकान्तकुनामा गलैँचा उद्योग नै स्थापना गरेर र उत्पादनलाई बजारीकरणमा पनि सहयोग ग¥यो । उहाँले नेपाली गलैँचाले अन्तर्राष्ट्रिय बजारमा नेपालको हस्तकलाको पहिचान दिलाउन पनि भूमिका खेलेको बताउनुभयो । हाते गलैँचाहरू ऊन, प्राकृतिक रङ र नेपाली मौलिक परम्परागत डिजाइनबाट निर्माण हुने र नेपाली संस्कृति, हिमालको जनजीवनको झल्को पाइने भएकाले पनि पर्यटकलाई आकर्षित गर्नुका साथै, नेपालको सम्झना बोक्ने कोसेली बन्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

“हिमाली भेगका बासिन्दा राडी, पाखी बुनेर प्रयोग गर्थे, व्यापारिक उद्देश्यले तिब्बत नून लिन जाने क्रममा नेपालीले त्यहाँबाट गलैँचा बुन्ने सीप भित्र्याएसँगै यसको मौलिकपन पाएको बताउनुहुन्छ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घकी केन्द्रीय उपाध्यक्ष एवम हिमालय डेकोर रग्सका सञ्चालक शोभा गुरुङ । उहाँले नेपाली हाते गलैँचा ऐतिहासिक महत्व र यी गलैँचाहरू मौलिक ढाँचाका, प्राकृतिक रङबाट सुसज्जित र टिकाउ हुने गरेको बताउनुभयो ।

गुरुङका अनुसार, सन् १९६० पछि स्वीस सरकारले नेपाली गलैँचा उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सहयोग ग¥यो र जर्मनी, बेल्जियममा निर्यात हुन थाल्यो । गलैँचा उत्पादनमा बलियो नटिङ प्रणाली थियो । यसले अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट स्थान बनायो ।

शुरुआतमा हिमाली भेगका थकाली महिला र तिब्बती शरणार्थीहरूले मात्रै गलैँचा बनाउँथे, पछि अन्य समुदायले पनि यो पेसा अँगाले । सन् १९९० को दशकमा गलैँचा उद्योगमा अस्वस्थ प्रतिस्पर्धा बढ्यो । कमसल कच्चा पदार्थको प्रयोग हुन थालेपछि गलैँचाको बजार खस्कँदै गयो । त्यति नै बेला गलैँचा उद्योगमा बाल मजदूरको प्रयोग भएको कुरा युरोपियन युनियनले उठायो । यसले गलैँचाको फस्टाउँदा बजार स्वात्तै झ¥यो । युरोपेली मुलुकले बाल मजदूरको प्रयोग गरेको भन्दै नेपाली गलैँचामा प्रतिबन्ध लगाएपछि यो उद्योग नराम्ररी सङ्कटमा पर्यो ।

‘वालश्रममुक्त’ उद्योग भनेर लेबल लगाएर मात्र उद्योग सञ्चालनमा आउन थाले । तर नेपालमा अहिले पहिलाको जस्तो विशुद्ध हातबाट बनाइएका प्रशोधित गरिएका गलैँचा उत्पादन हुन छाडेको गुरुङ बताउनुहुन्छ “पहिल्यै प्राकृतिक, अर्गानिकरूपमा बनेका गलैँचाहरूको स्थान अब केमिकलयुक्त रङ् र मेशिनको उत्पादनले लिएको छ ।”

नेपालमा परम्परागत मौलिक गलैँचा उद्योग पुनःसञ्चालन गर्नका लागि सरकारले भेडापालन प्रोत्साहन गर्दै र दक्ष जनशक्तिका लागि तालिममा जोड दिनुपर्ने बताउनुभयो । “अहिले पनि नेपालको गलैँचा उद्योग विदेशी मुद्रा भित्र्याउने प्रमुख क्षेत्र हो, तर यस क्षेत्रप्रति राज्यको चासो बढ्न सकेको छैन” अहिले भारतले नेपाली गलैँचाको नक्कल गरेर नेपाली गलैँचा बजार कब्जा गर्दै गएको उहाँको भनाइ छ ।

महिला सीप विकास संस्था पोखराका कार्यकारी निर्देशक रामकली खड्का स्थानीय उत्पादन, विशेषगरी गलैँचा उद्योगले महिलाहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको उत्पादन र बजार बढाउनुपर्ने बताउनुहुन्छ । “यो उत्पादनको माग राम्रो भए पनि उत्पादनको स्तर र बजारीकरणको दायरा सिमित छ, स्थानीय सरकारले यस उद्योगलाई प्रवद्र्धन गर्न तालिमको व्यवस्था गरी उत्पादन क्षमता बढाउन सकेमा, हामी बजारीकरणमा पहल गर्न तयार छौंँ”, खड्काले भन्नुभयो । हिमाली भेगका विशेष थकाली महिलाहरुले हातेतानबाट बुन्ने विशेष कलालाई अरु समुदायका महिलामा पनि हस्तान्तरण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले