काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहिबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला५० रुपैयाँले बढ्दै एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।