२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सेनासँगको मुठभेडमा कम्तीमा पाँच नक्सलवादी विद्रोहीको मृत्यु, दुई प्रहरी घाइते



Representative Photo
अ+ अ-

एजेन्सी । छत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकूको मृत्यु भएको छ भने दुई जना प्रहरी घाइते भएका बताइएको छ ।

भारतको स्रोत साधनले भरिपूर्ण मध्य क्षेत्रका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेका नक्सलवादी विद्रोहीहरूले दशकौँ लामो विद्रोहको नेतृत्व गरिरहेका छन् । विद्रोहका क्रममा हजारौँ मानिसको ज्यान गुमेको छ ।

छत्तीसगढराज्यको बीजापुर जिल्लाको घना जङ्गलमा भएको भिडन्तको वर्णन गर्दै प्रहरी महानिरीक्षक पी सुन्दरराजले एएफपीसँग भन्नुभयो, “सुरक्षा बलले नक्सलवादी लडाकूका पाँच जनाको शव फेला पारेको छ ।”

अर्को एक घटनामा बीजापुर जिल्लामा एउटा घरेलु बारुदी सुरङ्ग विस्फोट हुँदा दुई जना प्रहरी घाइते भएका छन्।

सरकारी फौजले दशकौँदेखि चलेको नक्सलवादी आन्दोलनलाई परास्त गर्न प्रयास तीव्र पारेको छ । मुठभेडमा सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका छन् ।

सन् १९६७ मा सशस्त्र अभियान सुरु भएको जिल्लापछि नक्सलवादी भनेर चिनिने विद्रोहीहरू चिनियाँ क्रान्तिकारी नेता माओत्सेतुङबाट प्रेरित मानिन्छन् ।

गत वर्ष करिब एक हजार सन्दिग्ध नक्सलवादीलाई पक्राउ गरिएको थियो भने ८३७ जनाले आत्मसमर्पण गरेका थिए ।

भारतका गृहमन्त्री अमित शाहले सन् २०२६ को मार्चसम्म नक्सलवादी विद्रोहीलाई पूर्णरूपमा परास्त गर्ने पटक पटक घोषणा गर्नुभएको छ।