काठमाडौंः प्रधानसेनापति पुर्णचन्द्र थापा असोज ११ गतेदेखि सेल्फ क्वारेन्टिनमा बस्नु भएको नेपाली सेनाले जनाएको छ ।
प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा २०७७ असाेज १० गते कोरोना संक्रमण पुष्टि भएपछि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै आफूलाई क्वारेन्टिनमा राख्नु भएकाे हाे ।











