१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो

विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो
अ अ+ अ-

काठमाडौँ । विद्युत नियमन आयोगले सेवाग्राही संस्थाहरुको लागि प्रवाह गर्दै आएको सेवालाई छिटो, छरितो र प्रभावारी बनाउन अनलाइन सफ्टवेयरमा आधारित ‘डकुमेण्ट म्यानेजमेण्ट सिस्टम(डिएमएस)’ सञ्चालनमा ल्याएको छ ।

वुधवार आयोगमा आयोजित एक कार्यक्रमका बीच उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उक्त प्रणालीको शुभारम्भ गर्नुभएको हो ।

डिएमएस प्रणलीले आयोगमार्फत प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाई गुणस्तरीय, जिम्मेवार तथा जवाफदेही बनाउन मद्दत गर्ने विश्वास लिइएको छ । उक्त प्रणाली लागू भएसँगै अनुमतिपत्र शेयरको सार्वजनिक निस्काषन, विद्युत खरिद विक्री सम्झौता तथा संशोधन र शेयर संरचना परिवर्तन सम्बन्धी सम्पूर्ण कामकारबाही गर्न सकिने आयोगको दाबी छ । डिएमएस प्रणालीको शुभारम्भ गर्दै मन्त्री खड्काले नियमन आयोगले विद्युत क्षेत्रसँग सम्बन्धित नियमन दायरा ठूलो भएको उल्लेख गर्दै त्यस दायरालाई कार्यान्वयन गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले उर्जा क्षेत्रको विकासका लागि अल्मलिने छुट कसैलाई नभएको बताउनु भयो । उहाँले सरकारले लिएका लक्ष्यहरु पूरा गर्न आफूलाई परिमार्जित गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले बजार सुनिश्चित भइसकेको उल्लेख गर्दै विद्युत उत्पादन २८ हजार ५ सय मेगावाट पु¥याउने सरकारको लक्ष्य वैज्ञानिक भएको दाबी गर्नुभयो । उहाँले भारतसँग विद्युत निर्यातका लागि सम्झौता मात्र नगरिएको उल्लेख गर्दै विद्युत निर्यात समेत भइरहेको जिकिर गर्नुभयो । उहाँले तत्कालीन अवस्थामा बजार सुनिश्चित भएकाले उर्जा क्षेत्र महत्वपूर्ण रहेको उल्लेख गर्दै लक्ष्य पूरा गर्नेगरि काम गर्नुपर्ने बताउनु भयो । उर्जा क्षेत्रमा निजी क्षेत्रको ठूलो योगदान रहेको उल्लेख गर्दै मन्त्री खड्काले ट्रान्समिसन लाईहरुमा निजी क्षेत्रलाई सँगै लिएर अगाडि बढ्ने गरेर कार्यविधि तयार गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘नियमन आयोगले विद्युत क्षेत्रसँग सम्बन्धित सबै कुरा नियमन गर्नुपर्ने अत्यन्तै ठूलो दायरा छ । त्यो सम्पूर्ण दायरालाई कार्यान्वयन गर्नसक्नुपर्छ । मेन पावरको कमी हो भने त्यो पनि गर्नुप¥यो । अल्मलिने अब हामीलाई छुट छैन । त्यसको भएको कारणले प्रविधिको पूर्ण रुपले कार्यान्वयन गर्ने जुन कुरा छ त्यसमा कम्पनी मात्र लेखिएको छ । व्यक्तिगत समस्याहरु पनि हुन्छन् । यदि व्यक्ति दियो भने तपाईको सिस्टमले कभर नगर्न सक्छ । त्यसो भएको कारणले त्यतापट्टि पनि ध्यान जाओस् म आग्रह गर्न चाहन्छु । सरकारले लक्ष्य लिएको छ । हिजो के भएभन्दा पनि अब समयअनुसार हामीले आफूलाई परिमार्जित गरेर अगाडि बढ्नुपर्छ । त्यसो भएको कारणले सरकारले निश्चित लक्ष्य लिइसकेको छ । विद्युत उत्पादन २८ हजार ५ सय मेगावाट पु¥याउने डाटा वैज्ञानिक ढंगको छ । यदिले पुग्दैन होला । हामी अझै बढी उत्पादन गर्नसक्छौं । र हाम्रो बजार सुनिश्चित भइसकेको छ । अहिले भारतमै पनि हामीले सम्झौता मात्र गरेका छैनौं विद्युत विक्री पनि गरेका छौं । त्यहाँको अभावबारे पनि हामीलाई थाहा छ । मैले उर्जा क्षेत्रलाई एकदमै महत्वपूर्ण क्षेत्रको रुपमा देखेको छु । त्यसकारण तपाईको बाँकी जीवन पनि यही क्षेत्रमा सहयोग गर्नमा बिताउन आग्रह गर्न चाहन्छु । अहिलेको तत्कालीन अवस्थामा बजार सुनिश्चित भएका कारणले यो क्षेत्र अत्यन्तै महत्वपूर्ण छ र हाम्रो र हाम्रो उपयोग पनि दिनानुदिन बढ्ने लक्ष्यका साथ काम गर्नुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा बोल्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत नियमन आयोगले अझै नियमनकारी भुमिका खेल्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपाल विद्युत प्राधिकरण लगायत उर्जा मन्त्रालय मातहत रहेका निकायहरुलाई नियमन गर्न जरुरी रहेको बताउनु भयो । सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको निर्णय ऐतिहासिक भएको समेत बताउनु भयो । उहाँले सरकारको यस लक्ष्यलाई पूरा गर्न सबैले हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले उर्जा क्षेत्रसँग सम्बन्धित कम्पनीहरुलाई आईपिओ निष्कासनका लागि असहज भइरहेको उहाँको भनाइ छ । विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त गरेपनि धितोपत्र बोर्डले रोक्ने गरेको उहाँको गुनासो छ । उहाँले सेवन नै ठूलो भए आईपिओ स्वीकृतीका लागि किन विद्युत नियमन आयोगमा आउनुपर्ने ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ विद्युत नियमन आयोग भनेको वास्तवमा निजी क्षेत्रले पनि सबैभन्दा धेरै आवाज उठाएको संस्था हो । यसमा पनि कहीँ न कहीँ नियमन हुनुपर्दछ । नेपाल सरकारको नेपाल विद्युत प्राकिरणलाई पनि नियमन गर्नुपर्छ भनेर हामीले धेरै पटक भनेका पनि छौं । किनभने अहिले ७ सय भन्दा बढी कम्पनीहरु छन् । नेपाल सरकारले भर्खरै मात्र सन् २०३५ सालसम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने भनेर भनेको छ । साँच्चै नै यो ऐतिहासिक निर्णय हो । यसपछि यो भन्दा ठूलो निर्णय हुन्छ भन्ने मलाई लाग्दैन । यसका लागि हामी सबै मिलेर लाग्न सकेमात्र सम्भव छ । हुन् त त्यसभित्र त्यसभित्र थुप्रै कुराहरु छन् । २८ हजार ५ सय विद्युत उत्पादन गर्नको लागि बनका समस्याहरु छन् । विद्युत प्राधिकरणमा पिपिए खोल्नेदेखि लिएर थुप्रै कुराहरु गर्नुपर्छ । २८ हजार ५ सय मेगावाटको बिजुली कल्पना गर्दैगर्दा २ हजार वटा कम्पनीहरु हुन्छन् यहाँ । त्यत्रो कम्पनीको सेयर कहिले कसले किन्यो भनेर हेर्दै जाने हो भने कहिले नियमन गर्ने हो ?अर्को कुरा हामीले आईपिओको लागि स्वीकृति लिनुपर्छ । अब त आईपिओको लागि नियमन आयोगमा जानुपर्छ भन्ने मलाई लाग्दैन । यहाँबाट स्वीकृत भएपछि स्वीकृत हुन्छ भनेर जान्छौं अहिले सेबनले १८ महिनादेखि रोकेर राखेको छ । वास्तवमा सेबन नै ठूलो हो भने हामी किन विद्युत नियमन आयोगमा आउनुपर्ने ?’

विद्युत नियमन आयोगबाट स्वीकृती पाइसकेपछि उर्जा क्षेत्रसँग सम्बन्धित कम्पनीहरुले सिधै आईपिओ निष्कासन गर्न पाउनुपर्ने उहाँको माग छ ।