२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासले ३४ बन्दी रिहा गर्दै : पहिलो चरणमा महिला, बृद्धबृद्धा र बालबालिका , बिपीन रिहाइको पहल



अ+ अ-

काठमाडौं । सन् २०२२ को अक्टोबर ७ मा हमास आतङ्ककारी समूहले इजरायलको गाजा नजिकैको सहरबाट अपहरण गरी लगेका बन्दीहरुमध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागिएको सूचना सार्वजनिक भएको छ ।

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलसँग युद्धविराम भयो भने पहिलो चरणमा आफूले ती बन्दीहरु रिहा गरिने भनेर सो सूचना सार्वजनिक गरेको हो । सो समूहले दिएको ३४ बन्धकहरूको सूचीमा इजरायली नागरिकहरु मात्र रहेका बताइएको छ । तर इजरायल सरकार भने यस विषयमा केही थाहा नभएको बताउँछ ।

यसअघि आफ्नो नियन्त्रणमा एक सयजना बन्दी रहेको सार्वजनिक जानकारी गराएको हमास समूहले पहिलो सूचीमा ती ३४ जना रिहा गरिने जनाएको हो ।

दश जना १० महिलासहित ५० देखि ८५ वर्षसम्मका बन्दकलाई पहिलो चरणमा रिहा गर्न लागिएको तथा यसमा महिला, बालबालिका र बृद्धबृद्धाहरुलाई प्राथमिकता दिइएको हमासले सो सूचनामा जनाएका छन् ।

सन् २०२२ को अक्टोबरमा हमासले गरेको सो आक्रमणमा परी १० जना नेपाली सहित एकहजार भन्दा बढीको ज्यान गएको थियो । सोही हमलापछि हमासका लडाकुहरूले बिपीन जोशीलगायतलाई अपहरण गरेर प्यालेस्टिनी भूमितर्फ लगेका थिए ।

बिपीन रिहाइको पहल

नेपाल सरकारले बिपीनको रिहाइका लागि आफ्नो कूटनीतिक प्रयासलाई जारी राखेको छ । केही समय अघिको एक भिडियो फुटेजमा बिपीन जिवीतै रहेको सूचना नेपालले पनि प्राप्त गरेको थियो ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफू नियुक्त भएलगत्तै नेपालका लागि इजरायलीदेखि सबै देशका राजदूतहरुलाई बिपीनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । त्यसैगरी ती बन्दीको रिहाइका लागि मध्यस्थता एवं सहजीकरणको काम गरिरहेको कतार र इजिप्टसँग पनि उहाँले बारम्बार आग्रह गरिरहनुभएको छ ।

मन्त्री डा राणाले संयुक्त राष्ट्रसंघीय ७९औँ महासभाका क्रममा आयोजित विभिन्न कार्यक्रमहरुमा बिपीनको रिहाइका लागि पहल गरिदिन विश्व समुदायसँग पनि आग्रह गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका बेला उहाँले जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्वका नेता तथा प्रतिनिधिहरुसँग आग्रह गर्नुभएको थियो ।

साथै त्यहाँ आयोजित असंलग्न राष्ट्रहरुको सङ्गठन नाम, जि ७७, जि२० लगायतका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री डा राणाले जोशीको रिहाइका लागि पहल गरिदिन विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो ।

उहाँले नेपालस्थित इजरायल र कतारका राजदूतहरुलाई समय समयमा बोलाएर बिपीनको अवस्था, रिहाइका लागि भइरहेका पहल र अन्य आवश्यक जानाकरी लिने गर्नुभएको छ ।

त्यसैगरी परराष्ट्र मन्त्रालयले मध्यपूर्वी देशमा रहेका नेपाली राजदूतहरुलाई पनि कतार र इजिप्ट सरकारको सम्पर्क तथा समन्वयमा रहन र बिपीनको रिहाइका लागि विशेष चासो लिएर आवश्यक पहलकदमीका साथ लाग्न निर्देशन दिएको जनाएको छ ।




भर्खरै