७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

सर्लाहीका सोह्र क्रसर उद्योग बन्द

सर्लाहीका सोह्र क्रसर उद्योग बन्द
अ+ अ-

सर्लाही । जिल्लामा गैरकानूनी रुपमा सञ्चालनमा आएका क्रसर उद्योग अनिश्चितकालका लागि बन्द गरिएका छन् । 

वातावरण तथा विपद् व्यवस्थापन शाखाको मापदण्डअनुसार ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड– २०७७ विपरीत सञ्चालन भएका जिल्लाका क्रसर उद्योग बन्द गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एंव प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयबाट मापदण्ड पुगेको प्रमाणित भएपछि स्थालगत अनुगमन गरी सञ्चालन गर्न दिने तर अहिले अनिश्चितकालका लागि जिल्लाका हाल सञ्चालनमा रहेका आठ वटा र बन्द अवस्थामा रहेका तर सञ्चालनको तयारी गरिरहेका आठ वटा गरी १६ वटैलाई बन्द गरेका छौं ।” 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७७ अनुसार बस्ती, मुख्य सडक मार्ग, विद्यालय, स्वास्थ्य संस्था, क्षेत्र, ठूला नदी, पुल, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान र वन क्षेत्रको ५०० मिटरदेखि दुई किलोमिटरभित्र  नदीजन्य पदार्थ उत्खनन र सङ्कलन गर्ने गराउने कुनै पनि कार्य गर्न नपाइने उल्लेख रहेको छ ।

मापदण्डविपरीत तथा नवीकरण नभएका जिल्लामा सञ्चालनमा रहेको १६ वटा क्रसर उद्योगका सञ्चालकलाई सोमबारदेखि बन्द गर्न कडा निर्देशन दिइएको प्रहरी प्रमुख राठौरले बताउनुभयो । क्रसर उद्योगमाथि विशेष निगरानी बढाइएको र क्रसर उद्योगको अनुगमन गर्दा मापदण्डविपरीत खोला, वनजङ्गल, बस्ती र विद्यालय नजिकसमेत सञ्चालनमा रहेको तथा ढुङ्गा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थको अनियन्त्रित दोहन रोक्नका लागि यो कडा कदम चालिएको जिल्ला समन्वय समिति सर्लाहीका सभापति अनुगमन मेथुर चौधरीले बताउनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ९वातावरण तथा विपद् व्यवस्थापन शाखा० ले जारी गरेको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड विपरीत सर्लाहीमा सञ्चालन हुँदैआएका क्रसर उद्योगको कागजात मगाएर बैधानिकताबारे बुझ्ने तथा अनुगमन गरी गैर कानूनी नठहरिएमा सञ्चालन हुन दिने सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । 

जिल्लाको वाग्मती, लालबन्दी, ईश्वरपुर, हरिपुरलगायतका स्थानमा वडा अध्यक्षदेखि लिएर नगर प्रमुख, पूर्वमन्त्री, जिल्लाका टाठापाठाले मनोमानी रुपमा क्रसर सञ्चालन गरिरहेका छन् भने कतिपय स्थानीय निकायले सङ्घीय सरकारको मापदण्डविपरीत जिल्लामा बन्द रहेका क्रसर उद्योगहरुलाई लोभलालचमा परेर सञ्चालनको अनुमतिसमेत दिने तयारी गरेको पाइएको छ ।

जिल्लामा १६ वटा क्रसर उद्योग दर्ता भएको भएपनि हाल आठ वटा मात्र सञ्चालनमा छन । बाँकी आठ वटा बन्द अवस्थामा रहेको घरेलु तथा साना उधोग कार्यालय सर्लाहीका प्रमुख जीतेन्द्र किशोर गुप्ताले बताउनुभयो । यसरी मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगले जथाभावी नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खन्न गर्दा चुरेको अस्तित्व सङ्कटमा पर्नुको साथै रातारात चुरे विनाश भइरहेको छ ।