१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानलाई कारबाहीको अर्को प्रयास, ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण



अ+ अ-

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।

सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कार्यकारी निर्देशक घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोधेको हो ।

मन्त्रालयले ट्रान्सफर्मर खरिदको विवरण उपलब्ध नगराएको, मन्त्रालयले मागेको जवाफमा असन्तुलित जवाफ दिएको, सरकारले बनाएको जाँचबुझ समितिलाई सहयोग नगरेको मन्दै स्पष्टीकरण सोधेको जनाईएको छ ।

मन्त्रालयले सात दिन भित्र स्पष्टीकरण पेश गर्न समय तोकेको छ । चित्तबुझ्दो जवाफ नआए कानुनअनुसार हुने पत्रमा लेखिएको छ । सरकारले यसअघि पनि घिसिङलाई पटकपटक स्पष्टीकरण सोधेको थियो ।