५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको केन्द्रीय समितिको बैठक सुरु- फोटो फिचर



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा केही बेर अघि सुरु भएको हो ।

बैठकमा अध्यक्षकेपी ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुहुने छ ।

ओलीको राजनीतिक प्रतिवेदनमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहयात्राको उपलब्धि, सरकारले गर्न नसकेका काम, सुधारको आवश्यकता, आन्तरिक तथा वाह्य परिस्थितिलगायतको विश्लेषण गरिएको छ ।

यसैगरी प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषयसमेत समेटिएको छ ।

ओलीले प्रतिवेदन पेश गरेपछि केन्द्रीय सदस्यलाई प्रतिवेदनमाथि बेग्लाबेग्लै धारणा एमालेले मिलाएको छ । एमालेले यसअघि यस्ता प्रतिवेदनमाथि समूहगत छलफल गर्दै आएको थियो । अहिले छलफलका लागि प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय उपलब्ध गराइएको छ ।