७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

आ.व. २०८०/८१ मा प्राधिकरणको आम्दानी १४ अर्व ७१ करोड ३८ लाख रुपैयाँ

आ.व. २०८०/८१ मा प्राधिकरणको आम्दानी १४ अर्व ७१ करोड ३८ लाख रुपैयाँ
अ+ अ-

काठमाडौं । सन् २०२४ को नोभेम्बरसम्म नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट ४४ लाख ४९ हजार १३३ जना अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् ।

मंगलवार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सो तथ्यांक प्रश्तुत गर्नुभएको हो । प्राधिकरणको वार्षिक प्रगति विवरण प्रश्तुत गर्दै महानिर्देशक अधिकारीले सन् २०२४ को नोभेम्बरसम्म त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्घ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या कुल ४४ लाख ४९ हजार १३३ रहेको बताउनु भयो । सन् २०२३ को नोभेम्बर सम्ममा तीन वटा विमानस्थलबाट आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ५४ हजार ३९३ रहेको थियो । जसअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको संख्यामा ७.०९ प्रतिशतले वृद्धि भएको महानिर्देशक अधिकारीले बताउनु भयो । उहाँले आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजार ३०२ ले यात्रा गरेका छन् ।

सन् २०२३ को भन्दा यो संख्या करिव १३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा आन्तरिक उडानतर्फ नोभेम्बरसम्म ७७ लाखले यात्रा गरेका थिए । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या सन् २०२३ मा २९ रहेकोमा हाल २०२४ मा भिस्तारा एयरलाईन्स एयर इण्डियामा मर्ज भएपछि २८ मा झरेको छ । नेपालवाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको र आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशिल वायुसेवा कम्पनीहरुको संख्या १९ रहेको महानिर्देशक अधिकारीले बताउनु भयो । । जसबाट कुल ५५ बटा विमानस्थलमध्ये ३५ वटा विमानस्थलहरु आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएको बताउनु भयो । हलिकोप्टरको हकमा सन् २०२४ को हालसम्म नियमति हेलिकप्टर चार्टर तथा उद्धार (निषेधित क्षेत्र बाहेक) करिव ४५ सय वटा उडान सम्पन्न भएका तथा अन्य निषेधित क्षेत्रमा हेलिकप्टरको उद्धार, सिलिङ्ग तथा यात्रु चार्टर उडानमा १ हजार १२० उडान सञ्चालन भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सन् २०२३ को नोभेम्बर सम्ममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल ,गौतम बुद्घ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ५४ हजार ३९३ रहेकोमा सन् २०२४ को नोभेम्बरसम्म त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्घ अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या कुल ४४ लाख ४९ हजार १३३ रहेको छ । जसअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको संख्यामा ७.०९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी आन्तरिक उडानतर्फ सन् २०२३ को नोभेम्बरसम्म कुल ७७ लाख हवाई यात्रुहरुले यात्रा गरेकोमा सन् २०२४ को नोभेम्बरसम्म सो संख्या ८७ लाख ६० हजार ३०२ रहेको छ । जसअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रु संख्यामा करिव १३ प्रतिशतले वृद्धि भएको देखिन्छ । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या सन् २०२३ मा २९ रहेकोमा हाल २०२४ मा भिस्तारा एयरलाईन्स एयर इण्डियामा मर्ज भए पश्चात यो संख्या २८ भएको छ । जसबाट नेपालवाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको छ भने आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशिल वायुसेवा कम्पनीहरुको संख्या १९ रहेको छ । जसबाट कुल ५५ बटा विमानस्थलमध्ये ३५ वटा विमानस्थलहरु आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन् । हलिकोप्टरको हकमा सन् २०२४ को हालसम्म नियमति हेलिकप्टर चार्टर तथा उद्धार (निषेधित क्षेत्र बाहेक) करिव ४५ सय वटा उडान सम्पन्न भएका तथा अन्य निषेधित क्षेत्रमा हेलिकप्टरको उद्धार, सिलिङ्ग तथा यात्रु चार्टर उडानमा १,१२० उडान सञ्चालन भएको छ ।’

महानिर्देशक अधिकारीले गत आ.व. २०८०/८१ मा प्राधिकरणले १४ अर्व ७१ करोड ३८ लाख आम्दानी गरेको बताउनु भयो । जसमध्ये एरोनटिकलतर्फ ११ अर्ब ५१ करोड ८९ लाख भने ननएरोनटिकलतर्फ ३ अर्ब १९ करोड ४९ लाख रहेको छ । गत वर्ष पुँजिगततर्फ नेपाल सरकारकोसहित १० अर्ब ५२ करोड ७० लाख लगानी भएको जानकारी दिनुभयो । उहाँकाअनुसार कार्य सञ्चालन खर्चतर्फ ४ अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च ४ अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च १ अर्ब ३३ करोड १ लाख र आयकर खर्च १ अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको गत आर्थिक वर्षको सञ्चालन मुनाफा ३ अर्ब ३७ करोड ७८ लाख रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गत आ.व. २०८०/८१ को प्रोभिस्नियल फाइनान्स स्टेटमेण्टअनुसार प्राधिकरणको आय एरोनटिकलतर्फ रु.११ अर्ब ५१ करोड ८९ लाख तथा ननएरोनटिकलतर्फ ३ अर्ब १९ करोड ४९ लाख गरी जम्मा रु १४ अर्व ७१ करोड ३८ लाख आम्दानी भएको छ । गत वर्ष पुँजिगततर्फ नेपाल सरकारको सहित रु. १० अर्ब ५२ करोड ७० लाख लगानी भएको छ भने कार्य सञ्चालन खर्चतर्फ रु.४ अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च रु. ४ अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च रु. १ अर्ब ३३ करोड १ लाख र आयकर खर्च रु.१ अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा रु.११ अर्ब ३३ करोड ६१ लाख खर्च भएको छ । यसले गर्दा प्राधिकरणको गत आर्थिक वर्षको सञ्चालन मुनाफा रु.३ अर्ब ३७ करोड ७८ लाख रहेको देखिन्छ ।’

महानिर्देशक अधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत गुरुयोजना बमोजिम विमानस्थलको सिमित क्षेत्रफललाई अधिकतम प्रयोग गरी विमानस्थलको क्षमता अभिवृद्धि कार्यलाई प्राथमिकता दिइ क्षमता बिस्तारका लागि विमानस्थलको उत्तरतर्फ करिव १८ वटासम्म अन्तर्राष्ट्रिय वायुयान राख्न सकिने वायुयान विसान क्षेत्र र ट्याक्सीवे निर्माण कार्य जारी रहेको बताउनु भयो ।