९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा

दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी
अ अ+ अ-

एजेन्सी । सियोलको एक अदालतले दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

यूनलाई डिसेम्बर १४ मा मार्शल ल लागू गर्ने असफल प्रयासपछि महाभियोग लगाइयो र पदबाट हटाइएको थियो ।

समाचार एजेन्सी योनहापका अनुसार वर्तमान राष्ट्रपति विरुद्ध पक्राउ पुर्जी जारी भएको देशमा यो पहिलो पटक हो । सियोल जिल्ला अदालतले भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ)का वरिष्ठ अधिकारीहरूलाई यसका लागि निर्देशन दिएको छ ।

यसका साथै उनको राष्ट्रपति निवासमा पनि खोजी गर्न निर्देशन दिइएको छ । यूनले डिसेम्बर ४ मा राति अबेरसम्म देशमा आपतकाल (सङ्घर्षक कानून) लागू गर्ने घोषणा गरेका थिए ।

दक्षिण कोरियाको संसदमा जम्मा ३ सय सिट छन् । यस वर्षको सुरुमा भएको निर्वाचनमा जनताले विपक्षी दल डीपीकेलाई ठूलो जनादेश दिएका थिए । सत्तारुढ जनशक्तिले १ सय ८ सिट मात्र पाएको थियो भने विपक्षी पार्टी डिपीकेले १ सय ७० सिट पाएको थियो ।

बहुमतमा रहेका कारण विपक्षी दल डीपीकेले राष्ट्रपति सरकारको कामकारबाहीमा बढी हस्तक्षेप गर्दै आएकाले आफ्नो एजेण्डाअनुसार काम गर्न सकेको छैन ।

राष्ट्रपति यूनले २०२२ को चुनावमा झिनो मतले जितेका थिए । यसपछि उनको लोकप्रियता घट्न थाल्यो । श्रीमती धेरै विवादमा परेपछि उनको छविमा पनि असर परेको थियो । हाल राष्ट्रपतिको लोकप्रियता लगभग १७ प्रतिशत छ, जुन देशका सबै राष्ट्रपतिमध्ये सबैभन्दा कम हो ।

यी सबैलाई सम्बोधन गर्न राष्ट्रपतिले मार्सल ल लागू गरे । उनले डीपीकेलाई उत्तर कोरियाप्रति सहानुभूति र राष्ट्रविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाए ।

दक्षिण कोरियाको संविधानबमोजिम संसदमा बहुमत सांसदले देशमा मार्शल ल हटाउनुपर्ने माग गरेमा सरकारले स्वीकार गर्नुपर्ने हुन्छ । संविधानको यो प्रावधानबाट विपक्षी नेताहरूले फाइदा उठाए र सेनाले कारबाही रोक्नुपर्‍यो ।