२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय लोकतन्त्र प्रवर्द्धन गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ



अ+ अ-

भक्तपुर । सभामुख देवराज घिमिरेले संसदीय लोकतन्त्र प्रवर्द्धनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । आज भक्तपुरको नगरकोटमा सम्पन्न ‘संसद्–सञ्चार’ अन्तरसंवाद कार्यक्रममा उहाँले पत्रकारिता पेसालाई लोकतान्त्रिक पद्धतिमा सँगसँगै लिएर गए मात्रै लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

“लोकतन्त्रलाई बलियो बनाउन प्रभावकारी संसद् बन्नुपर्छ । प्रभावकारी संसद् बनाउन सञ्चारमाध्यम र पत्रकारले निगरानी गर्न आवश्यक छ”, सभामुख घिमिरेले भन्नुभयो, “सत्यतथ्यमा आधारित भएर सही सूचना प्रवाह गर्नु सञ्चारमाध्यमको पहिलो दायित्व हो । त्यसैले संसद्ले गर्ने गतिविधिलाई सुधार गर्न रचनात्मक रू सञ्चारमाध्यम र पत्रकारको सहयोग आवश्यक पर्दछ ।”

अहिले संसद्मा बजेट र विधेयकहरूको प्रभावकारी छलफल भइरहेको बताउँदै सभामुख घिमिरेले यसको सूचना जनस्तरसम्म पुग्नुपर्नेमा जोड दिनुभयो । संसद्लाई थप प्रभावकारी बनाउन सचिवालयले नयाँ ढङ्गबाट काम गरिरहेको उहाँले बताउनुभयो ।

उपसभामुख इन्दिरा रानामगरले संसदीय ‘रिपोर्टिङ’ गर्दा संसदीय अभ्यास र प्रक्रियाका विषयमा पत्रकार जिम्मेवार र इमानदार भएर समाचार सङ्कलन गर्नुपर्ने बताउनुभयो । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले पत्रकारसँगको अन्तरक्रियाले सुधार गर्नुपर्ने कामका बारेमा जानकारी प्राप्त भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममासहभागी पत्रकारहरूले राजनीतिक दल, सांसद र सरकारलाई संसद्प्रति उत्तरदायी बनाउनुपर्ने र संसदीय ममिलाका विषयहरू छलफलका माध्यमबा संसद्को वरिपरि रहेर निर्णय हुनुपर्ने बताउनुभएको थियो । दुई दिनसम्म सञ्चालित कार्यक्रममा संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डे, वरिष्ठ पत्रकार एवं संसदीय रिपोर्टिङ विज्ञद्वय हरिबहादुर थापा र जगत नेपालले संसदीय रिपोर्टिङ र अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूको सहभागिता थियो ।