१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति

एउटै व्यक्तिले विद्युत अनुमतिपत्र होल्ड गर्ने प्रवृत्ति कानूनी रुपमा अन्त्य गर्नुपर्छः सांसद शर्मा

एउटै व्यक्तिले विद्युत अनुमतिपत्र होल्ड गर्ने प्रवृत्ति कानूनी रुपमा अन्त्य गर्नुपर्छः सांसद शर्मा
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विद्युत अनुमतिपत्र होल्ड गर्ने,लाइसेन्स लिने र विक्री वितरण गर्ने कार्य कानूनी रुपमा अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलावार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताको तर्फबाट संशोधन प्रश्ताव पेश गर्दै सांसद शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले जलविद्युत क्षेत्रमा विद्युत अनुमतिपत्र होल्ड गर्ने,लाइसेन्स लिने र विक्री वितरण गर्ने कार्य एउटा विकृतिको रुपमा रहेको बताउनु भयो । उहाँले विद्युत अनुमतिपत्र होल्ड गर्ने,लाइसेन्स लिने र विक्री वितरण गर्ने कार्य रोक्ने गरी कानूनमा व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एक जना व्यक्तिको आर्थिक क्षमता बमोजिम विद्युत उत्पादन लाइसेन्स दिने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । उहाँले एक व्यक्तिले अनुमति लिने र विक्री गर्ने कार्यको अन्त्य हुन जरुरी रहेको बताउनु भयो । उहाँले अहिले २० वटा परियोजना दर्ता भएको बताउनु भयो । उहाँले जलविद्युत उत्पादन अनुमतिको व्यवस्थालाई रोक्न सैद्धान्तिक रुपमा व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले पहिला पूर्वका खोला नदीमा लाइसेन्स दिने व्यवस्था रहेको र अहिले पश्चिमतिरका नदी खोलाहरूमा दिन थालिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘जलविद्युतमा एउटा विकृति छ । विद्युत अनुमतिपत्र होल्ड गर्ने,लाइसेन्स लिने र विक्रि वितरण गर्ने कार्य चलि रहेको छ । यसलाई रोक्ने गरी कानूनमा व्यवस्था गर्नुपर्छ । एक जना व्यक्तिको आर्थिक क्षमता अनुसार कति काम गर्नसक्छ । त्योअनुसार लाइसेन्स दिने व्यवस्था हुनुपर्छ । त्यस्तो भएमा एक व्यक्तिले लाइसेन्स विक्रि गर्ने कार्यको अन्त्य हुन सक्छ । अहिले २० वटा परियोजना दर्ता गरिएका छन् । जल विदयुत सम्बन्धी केही संशोधन अनुमति उत्पादन यो व्यवस्थालाई रोक्ने कुरा हामीले सैद्धान्तिक रुपमा व्यवस्था गर्नुपर्छ । त्यो अनुसारको लाइसेन्स दिने व्यवस्था व्यापक थियो भने अहिले पश्चिमतिरका नदी खोलाहरूमा सबैलाई को बारेमा हामीले कसरी समाधान गर्ने भन्ने एउटा प्रश्न छ। यो समग्रमा हामीले सोच्नुपर्ने विषय छ भने अर्को कुरा यहाँ केही प्रतिष्पर्धाका सन्दर्भमा प्रतिष्पर्धा गर्न सही छ । प्रतिस्पर्धा गर्नुपर्छ र निजी क्षेत्रले आफै आयोजना पहिचान हुनुप¥यो । अनिवार्य गर्नुपर्छ समय सीमाभित्र समय सीमा उक्त मन्त्रालयबाट सैद्धान्तिक सहमति अर्को सम्झौता आयोजना बिक्री विकास र सञ्चालन गर्नसक्ने लागि संशोधन गर्ने भनेर यहाँ राखिएको हो ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले विद्युत उत्पादनमा गुरुयोजनाका आयोजनाहरुमा प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले गुरुयोजनाका आयोजनाहरु बनाउनसके आयोजना बन्दा स्थानीयलाई पर्ने असरका विषयमा पनि मध्यनजर गर्न सकिने बताउनु भयो । उहाँले बस्ती विकासको अवधारणालाई पनि हेरेर कानूनी व्यवस्था गर्न पर्नेमा जोड दिनु भयो । उहाँले गुरुयोजना विना आयोजनाहरु अगाडि बढाउँदा अहिले पनि समस्या आइरहेको बताउनु भयो ।

उहाँले जलविद्युत उत्पादनमा निजी क्षेत्रलाई कानूनी रुपमा आकर्षित गर्नुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रले लगानी गरेका आयोजनाहरुमा सरकारले लगानी गर्न नहुने बताउनु भयो । उहाँले भ्रष्टाचारलाई नियन्त्रण गर्न भ्रष्टाचारलाई निर्मुल गर्नको लागि निज क्षेत्रले गरेको लगानीमा सरकारले अनावश्यक लगानी गर्न नहुने बताउनु भयो । उहाँले व्यवस्थापकीय रुपमा सघन र सक्षम एउटै निकाय मार्फतबाट गरिनुपर्छ सो उद्देश्य सहितको संस्थाको सांगठनिक क्षमताको विकासमा विशेष जोड दिइनुपर्ने बताउनु भयो ।