२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको सांसद पद निलम्बन गर्ने निर्णय विरुद्ध सर्वोच्च जाँदै रास्वपा



अ+ अ-

काठमाडौं । रवि लामिछानेको सांसद पद निलम्बन गर्ने निर्णयविरुद्ध रास्वपाले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएपछि सोमबार सभामुख देवराज घिमिरेले रविको सांसद पद निलम्बन भएको सूचना टाँस गरेका गर्नुभएको थियो । संसद सचिवालयले राजनीतिक प्रतिशोधबाट प्रेरित भएर निलम्बन रहेको ठहर गर्दै रास्वपा अदालतमा जाने तयारी गरेको हो ।

रविविरुद्ध आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको थियो । कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा दायर भएकाले सांसद पदबाट निलम्बन गर्न सभामुखलाई पत्र लेखेको थियो । कास्की प्रहरीको पत्रका आधारमा सभामुख देवराज घिमिरेले सोमबार साँझ लामिछानेको सांसद पद निलम्बन भएको सूचना टाँस गर्नुभएको थियो ।