५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धापासीस्थित एक घरमा भीषण आगलागी



अ+ अ-

काठमाडौँ: टोखा नगरपालिका वडा नं. ६ धापासीको शिव मन्दिर हाईटस्थित एक घरमा भीषण आगलागी भएको छ । त्यहाँस्थित भाईकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आज साँझ ५ बजेतिर आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको टोखा–६ का वडाअध्यक्ष शान्ता पौडेलले जानकारी दिनुभयो ।

साँझ ५ बजेको समयमा ग्यास लिक हुँदा आगलागी भएको थियो । ठूलो कम्पाउण्डमा घर भएको कारण अन्य घरमा भने क्षति नपुगेको वडाध्यक्ष पौडेलले बताउनुभयो ।

आगलागी भए लगत्तै खबर गरेपछि प्रहरी परिचालन गरिएको थियो । काठमाडौँ, भक्तपुर र ललितपुरको दमकल र नेपाल प्रहरी र स्थानीयको सहयोगमा नेपाली सेना र अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा आगलागी नियन्त्रण गरेको छ ।

आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । रासस

फोटो -नेपाली सेना

 

 




भर्खरै