२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल News Polar कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि लाइनमा नबस्न निर्वाचन समितिको आग्रह News Polar चाडबाड नजिकिँदै अनलाइन ठगी बढ्यो, पोखरामा एकै व्यक्तिबाट ४ लाख ४२ हजार असुली News Polar बलिउड अभिनेता नाना पाटेकरको निधन News Polar शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ बजेदेखि News Polar मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली News Polar आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली News Polar चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा News Polar कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै News Polar आज  विश्व दृष्टि दिवस News Polar निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ? News Polar बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना News Polar बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

माथिल्लो तामाकोसीः विद्युत् उत्पादन गर्ने समय अनिश्चित

माथिल्लो तामाकोसीः विद्युत् उत्पादन गर्ने समय अनिश्चित
अ अ+ अ-

काठमाडौं । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने मिति एकपछि अर्को थपिँदै गएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाबाट कात्तिकमा विद्युत् उत्पादन गर्ने दाबी गरेको भए पनि अहिले आएर फेरि विद्युत् उत्पादन गर्ने समय अनिश्चित भएको हो । हाइड्रोमेकानिकलको जिम्मा पाएको भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङ कम्पनीले कलकताबाट सामान ल्याउन ढिलाई गर्दा आयोजना समयमा सम्पन्न हुन नसक्ने भएको छ । दुईवटा भर्टिकल लाइनमा जोइन हुने एक्सपान्सन जोइन, डिस्पोजेबल बक्स, पल्गिङ गेट आउन बाँकी रहेको कारण अप्ठेरो परिरहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । कोरोना भाइरसको प्रभावका कारण उताबाट सामान आउन सकेको छैन । उनले भने, ‘त्यसका लागि हामीले हाम्रा स्टाफलाई कलकत्तासम्म पठाएर अपडेट लिइरहेको छौं ।’

न्यौपानेले भने, ‘अक्टोबरको अन्त्यसम्ममा हाम्रो सबै सामान नेपालमा आइपुग्यो भने डिसेम्बरसम्म हामी इरेक्सनमा जान्छौं, जनवरी फेब्रुअरीमा टेस्टिङमा र मार्चसम्म जेनेरेसनमा जान सक्ने देखिन्छ तर नेपालमा सामान आई नपुुग्दासम्म केही भन्न सक्ने अवस्था छैन ।’ अहिले तल्लो भर्टिकल साप्टमा बेन्ड पाइप, बाइफरकेसन पाइपमा जडानको काम अन्तिम चरणमा पुगेको छ । कोभिडको कारणले अक्टोबरसम्म इन्टरनेस्नल फ्ल्याट बन्द भएको कारण हाम्रो कम्प्याक्टरका एक्सपर्ट, हाम्रा कन्सलट्यान्ट अहिलेसम्म आउन सकेका छैन । यसले समेत आयोजनामा प्रभाव परेको छ । बहुप्रतीक्षित राष्ट्रिय गौरवको हालसम्मकै पहिलो ठूलो नेपाली लगानीको परियोजना निर्धारित समयमा सम्पन्न गर्न सबैभन्दा पहिले लगानी जुटाउने कार्य नै बाधक बनेको थियो । मंसिर २०६७ मा निर्माणको लाइसेन्स पाए हालसम्म भूकम्प, नाकाबन्दीलगायतका समस्या भोगेको आयोजनामा अहिले फेरि कोरोना भाइरसको प्रभाव परेको छ ।

आयोजनाको निर्माणपछि भारतबाट विद्युत् आयात गर्न नपर्ने अपेक्षा गरिएको भएपछि आयोजना समयमा सम्पन्न गर्न नसक्दा नेपाल सरकारले बर्सेनि अर्बौं रुपैयाँको विद्युत् आयात गर्नुपरेको छ । गत आर्थिक वर्ष मात्रै १ हजार ७ सय ३९ गिगावाट आयात भएको थियो अर्थात् १ अर्ब ७२ करोड ९० लाख युनिट विद्युत् आयात गर्नुपरेको थियो भने अघिल्लो आर्थिक वर्ष २ अर्ब ८१ करोड युनिट विद्युत् आयात गर्नुपरेको थियो । यो भार कम गर्नसमेत माथिल्लो तामाकोसीको विद्युत् चाँडोभन्दा चाँडो उत्पादन गर्नुपर्ने देखिन्छ तर आयोजनाको उत्पादन मिति भने एकपछि अर्को थपिँदै गएको छ । भारतीय ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङले काममा ढिलाइ गरेपछि आधा कामको जिम्मा एन्ड्रिज हाइड्रोलाई दिइएको थियो । आयोजना, टेक्सम्याको र एन्ड्रिजबीच २०७५ साल पुस २३ मा पेनस्टक पाइपको काम मिलेर गर्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो । अहिले माथिल्लो सुरुङमा पेनस्टक पाइप जडान एन्ड्रिज र तल्लो सुरुङमा टेक्सम्याकोले काम गरिरहेको छ । ठेकेदारको ढिलासुस्ती र निर्माण सामाग्री अभावका कारण आयोजना सम्पन्न हुने मिति पटकपटक संशोधन हुँदै आएको छ ।

यही कात्तिकबाट पाइप जडानको काम सकिएपछि परीक्षण गरी पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएको आयोजनाको काम अझै पर धकेलिएको छ । २०६५ चैतमा आयोजनाका लागि ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान तयार गरिएको थियो । ६ वर्षमा आयोजना निर्माण हुने अपेक्षासहित तयार पारिएको थियो । आयोजना सम्पन्न हुने मितिभन्दा सात वर्ष ढिला हुँदासमेत आयोजना बन्न नसकेको हो । यसै वर्षसमेत सुरुमा आयोजनाबाट असारमा विद्युत् उत्पादन हुने भनिएको थियो र पछि आएर कात्तिकमा उत्पादन हुने भनिएको भएपछि अझै समय थप हुने भएको छ । चाँडोमा असोज अन्तिमसम्म, नभए कात्तिकसम्म पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने भनेको आयोजनाको काम अझै सम्पन्न छाँट देखिन्न । यद्यपि, विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव अझै जारी रहेको छ । २०६५ चैतमा आयोजनाका लागि ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान तयार गरिएको थियो । ६ वर्षमा आयोजना निर्माण हुने अपेक्षासहित तयार पारिएको अनुमानमा निर्माण अवधिको ब्याज साढे १३ अर्ब हुने उल्लेख थियो । सुरुमा निर्माण अवधिको ब्याजसहित आयोजनाको लागत ४८ अर्ब ७९ करोड हुने अनुमान गरिएको थियो । पूर्णतः नेपाली लगानीमा निर्माण भइरहेको यो आयोजनाको लागत बढेर ७० अर्ब नाघ्ने अनुमान छ । निर्माणमा भएको ढिलाइले निर्माण अवधिको ब्याज साढे ६ अर्ब थपिने र कुल लागतमा साढे २० अर्ब थपिने अनुमान गरिएको छ । सरकारले हालसम्म आयोजनाका लागि १२ अर्ब दीर्घकालीन ऋण लगानी गरेको छ ।

आयोजनामा प्राधिकरणको ४१, टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २÷२ प्रतिशत संस्थापक सेयर छ । आयोजनाका लागि सर्वसाधारणबाट १५, दोलखावासीबाट १० प्रतिशत लगानी उठाइएको छ । पिकिङ रन अफ रिभर प्रकृतिको यो आयोजनाले निर्माण पूरा भएपछि नेपाल ऊर्जामा अत्मनिर्भर हुने अनुमान छ । राजधानी दैनिक