३ पुष २०८१, बुधबार
,
Latest
त्रिविको जग्गा तथा सम्पती छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ प्राविधिक समस्याका कारण उद्योगमा विद्युत कटौति गर्नुपरेको हो, लोडसेडिङ हुने चरणमा छैनः कुलमान घिसिङ त्रिविको जग्गा तथा सम्पती छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छः मन्त्री भट्टराई टस जितेर सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै जनकपुर बोल्ट्स प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट यू–१९ सिरिजः नेपालले हङकङलाई दियो २९८ रनको लक्ष्य चितवनलाई हराउदै कर्णाली दोस्रो क्वालिफायरमा रविचन्द्रन आश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास पौष १३ गतेदेखि २६ औं पोखरा सडक महोत्सव हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगहरु आकाशमाथि र जमिनमुनि जहाँसुकै भएपनि जोगिने अवस्था छैनः सूर्य थापा



अ+ अ-

काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले अब सहकारी ठगहरु आकाशमाथि, जमिनमुनि जहाँसुकै भएपनि कानुनको दायरामा आउने बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा सम्बोधन गर्दै उनले आफू सभापति रहेको सो संसदीय विशेष समितिले दिएको प्रतिवेदनले काम गरिरहेको बताए ।

‘म तपाईँहरुलाई भन्न चाहन्छु– अब सहकारी ठगीमा फरार व्यक्तिहरु आकाशमाथि, जमिनमुनि जहाँसुकै भएपनि अब जोगिने अवस्था छैन । प्रतिवेदनले यो काम गरेको छ । सबैलाई कानुनको दायरामा ल्याउँछ । पानीमुनि गएपनि छोड्दैन, आकाशमाथि गएपनि छोड्दैन,’– उनले भने ।

साथै, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनीकी श्रीमतीबीच भएको सम्बन्धविच्छेदलाई उनले ‘सहकारी डिभोर्स’ को संज्ञा दिए । ज्योति गुरुङ अमेरिकामा रहेको आफूहरुले प्रतिवेदनमा पनि उल्लेख गरेको र अहिले सरकारले ज्योति गुरुङसहित ज्योति बहादुर भण्डारीको नाममा समेत रेडकर्नर नोटिस जारी भइसकेको उनले जानकारी गराए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सरकारले नभएर संसदीय छानविन विशेष समितिीको प्रतिवेदनको आधारमा पक्राउ गरिएको उनको भनाइ छ । प्रतिनिधि सभामा सो प्रतिवेदन पारित गराउँदा रविले समेत ताली बजाएको बताउँदै उनले अहिले रास्वपाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताए । रास्वपाले सरकारविरुद्ध विरोध प्रदर्शन गर्नु अनैतिक, अराजनीतिक र गैरजिम्मेवार रहेको उनले बताए । उनले सरकारले कसैप्रति पनि प्रतिशोध नसाँधेको जिकिर गरे ।