४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
अ+ अ-

काठमाडौँ : नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को दोस्रो शृङ्खलाको कार्यक्रम प्रस्तोता र निर्णायक मण्डल घोषणा गरिएको छ ।

आज काठमाडौँस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था इन्ट्रा नेपाल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले विश्वभर छरिएर रहेका नेपालीबीच आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

अध्यक्ष अधिकारीले भन्नुभयो, “यो कार्यक्रममार्फत नेपाली कला, संस्कृति र भाषालाई प्रवर्द्धन गर्न खोजेका हौँ । हामीले सोही कारण नेपाली संस्कृति र कला झल्किने प्रस्तुतिलाई अनिवार्य गरेका छौँ । यसपटक अघिल्लो शृङ्खलाको तुलनामा यो झनै भव्य हुनेछ ।” उहाँले विश्वभर रहेका नेपालीलाई नेपालीत्व झल्किने प्रस्तुतिलाई समेट्नेबाहेक अन्य कडाइ गर्ने नियम नभएको जानकारी दिँदै नेपालसहित विदेशमा रहेका नेपालीका सहरमा अडिसन हुने जानकारी दिनुभयो ।

“हामीले नेपाली भाषा र कलाप्रति प्रवासमा रहेका नयाँ पुस्तालाई आकर्षित गर्न र आफ्नो देश फर्काउन यो कार्यक्रम गरिरहेका छौँ । किनकि हामीले सहयोग विपन्न प्रतियोगीलाई सहयोग गरेर नै प्रतियोगितामा सहभागी गराउने गरेका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो ।

दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, उपविजेताले २० लाख र दोस्रोले १० लाख रूपैयाँसँगै अरू विभिन्न पुरस्कार प्राप्त गर्ने बताए । आयोजित कार्यक्रममा ‘मेरो भ्वाइस युनिभर्स’ मा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अञ्जु पन्त, तृष्णा गुरूङ, गायक पुष्पन प्रधानले निर्णायकको भूमिका निर्वाह गर्नुहुने जानकारी गराइयो ।

यस्तै, ‘मेरो डान्स युनिभर्स’ मा निर्णायकका रूपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शङ्कर विसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के हुनुहुन्छ ।

यस्तै, कार्यक्रम सञ्चालकका रूपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल, पूर्वमिस नेपाल नम्रता श्रेष्ठ हुनुहुन्छ ।

आयोजित पत्रकार सम्मेलनमा ‘मेरो भ्वाइस युनिभर्स’ लाई सुरेश पौडेल र ‘मेरो डान्स युनिभर्स’ लाई मोसमी गुरूङले निर्देशन गर्ने जानकारी गराइयो । नेपाल टेलिभिजनमार्फत प्रशारण हुने दुवै प्रतियोगिताको अडिसन आउँदो माघदेखि सुरू हुनेछ । अमेरिका र क्यानडाका लागि माघ १२ र १३ अमेरिकास्थित कोलम्बस ओहायो, फागुन ३ र ४ मा बेलायतको लण्डन, पोर्चुगलको लिस्बन, हङकङ र जापानको टोकियोमा अडिसन हुनेछ । यस्तै, फागुन १० र ११ मा युएईको दुबई, कतारको दोहा, थाइल्याण्डको बैङ्कक, अस्ट्रेलियाको सिड्नी र नेपालको कास्कीस्थित पोखरामा अडिसन हुँदैछ ।

यस्तै, फागुन १७ र १८ मा भारतको मुम्बई  नेपालगञ्ज, फागुन २४ र २५ मा भारतको सिलिगुरी, चैत २ र ३ मा झापाको दमक र चैत १६ र १७ मा काठमाडौँमा अडिसन हुँदैछ । निर्णायकमध्येकी एक अभिनेत्री मिथिला शर्माले यस प्रतियोगिताले प्रतिभालाई मञ्च दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रतियोगिताको उद्देश्य मनोरञ्जनमै मात्र सीमित छैन । यसले कला र संस्कृतिको प्रवद्र्धनसँगै विश्वभर छरिएका प्रतिभाको सपना साकार बनाउने काम गर्दैछ । म यो परिवारमा निर्णायक भएर जोडिन पाउँदा निकै उत्साहित छु ।”

आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, अभिनेत्री केकी अधिकारी, पल्पसा डङ्गोल, निर्देशक पुर्नेन्दु झालगायते उपस्थित हुनुहुन्थ्यो ।