२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा–२’ को विश्वभरको कमाइ १ हजार करोड, ६ दिनमा यति धेरै कमाउने पहिलो भारतीय फिल्म



अ+ अ-

एजेन्सी । अल्लु अर्जुन र रश्मिका मन्दना स्टारर फिल्म ‘पुष्पा–२’ ले ६ दिनमै १ हजार २ करोड कमाएको छ । योसँगै छोटो समयमा १००० करोड क्लबमा सामेल हुने पहिलो भारतीय फिल्म बनेको छ ।

व्यापार विज्ञ तरण आदर्शका अनुसार पुष्पा २ ले मंगलबारसम्म हिन्दी संस्करणबाट ३ सय ७५ करोड रुपैयाँ कमाएको छ । शुक्रबारसम्म यो फिल्म ५०० करोड क्लबमा सामेल हुन सक्छ ।

चलचित्र ‘पुष्पा–२’ ले ओपनिङ डे कलेक्सनको कुरा गर्दा विश्वभर २९४ करोड कमाएको थियो । जसमा भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन १७५.१ करोड थियो । पुष्पा–२ ले हिन्दी संस्करणमा ७२ करोड कमाएको थियो । योसँगै फिल्मले एसएस राजामौलीको फिल्म आरआरआरको रेकर्ड पनि तोडेको छ ।

‘पुष्पा–२’ ले रिलिज भएको ३ दिनमै हिन्दी बेल्टमा २०५ करोड कमाएर शाहरुखको ‘जवान’को कीर्तिमान तोडेको छ । जवानले तीन दिनमा १८० करोड कमाएर कीर्तिमान बनाएको थियो ।

‘पुष्पा–२’ तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज भएको छ । फिल्ममा अल्लु अर्जुन फेरि पुष्पाराजको भूमिकामा देखिएका छन् । रश्मिका मन्दना पनि श्रीवल्लीको अवतारमा देखिएकी छिन् । यस्तै फहाद फासिल प्रहरी भनवर सिंह शेखावतको भूमिकामा छन् ।

फिल्मको लेखन र निर्देशन सुकुमारले नै गरेका छन् ।