२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गोर्खा मिडियाका संञ्चालक रवि लामिछानेलाई म्याद थपका सातौँ पटक कास्की जिल्ला अदालत उपस्थित गराएको छ । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की हिरासतमा रहेका लामिछानेलाई यसअघि दिएको ४ दिनको म्याद हिजो सकिएपछि प्रहरीले फेरी म्याद माग्दै अदालतमा उपस्थित गराएको हो ।

कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा उनीसहित अन्य तीन जनालाई पनि आज अदालतमा उपस्थित गराएको छ । पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जिवी राईका साझेदार रामबहादुर खनाल र जिवीसँग जोडिएकी लिला पछाइलाई पनि आज अदालतमा उपस्थित गराइएको छ ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिएको छ । प्रहरीले आज अदालत खुल्नासाथ सातौँ पटक म्याद थपका लागि अदालत उपस्थित गराएको हो ।

रविमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान भइरहेको छ ।