२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइयोः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैल्याइएको बताउनुभएको छ ।

सोमवार बिर्तामोडमा नेकपा एमाले झापा जिल्ला कमिटीद्वाार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ४र५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर भ्रम फैल्याइएको बताउनु भयो ।

व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै नक्कली चिर्कटो बनाएर आफूलाई बद्नाम गरेको बताउनु भयो । उहाँले नक्कली चिर्कटो बनाउन एक करोड, ११ लाख तिरेको कुरा प्रसाईं स्वयंले स्वीकारेको पनि बताउनु भयो । उहाँले आफ्नो विभिन्न देशका बैंकमा पैसा राखेको भ्रम फिँजाउनेहरुलाई समातेर पुष्टि गर भन्दा बद्नामको लागि बोलेको स्वीकार गर्ने गरेको बताउनु भयो । उहाँले आफू सच्चाई र इमान्दारितामा अडिग रहेको भन्दै भित्रैबाट इमान्दार अभ्यास गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘४/५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर हल्ला चलेको छ । अहिले त्यो एउटा नक्कली चिर्कटो पनि निकालेछ । त्यो नक्कली चिर्कटो एक करोड, ११ लाख तिरेर बल्ल पाएको भनेर कराउनेहरु पनि छन् । यस्ता खालका मानिसहरु पनि छन् ।

कहाँको बैंकमा कति लाख डलर, कति मिलियन डलर केपी ओलीको बैंक खातामा छ भनेर हल्ला गर्नेहरु पनि देखिन्छन् । तिनीहरुलाई समातेर कहाँ छ ल पुष्टि गर त बैंकलाई भन्यो भने होइन, मैले केपी ओलीलाई बद्नाम गर्न पो भनेको हो, हावा कुरा हो त्यो भन्छन् । हामी सच्चाईमा अडिग छौँ । इमान्दारिता थोपरेर होइन, आफू भित्रबाट आउनुपर्छ । भित्रबाट इमान्दार आचरण गर्नुपर्छ । भित्रबाट इमान्दार अभ्यास गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले अब एउटा व्यक्तिलाई अनैतिकृत ढंगले कुर्सीमा बसाइदिएर जनता फेरि रैति हुन नसक्ने बताउनु भयो ।




भर्खरै