२२ भाद्र २०८३, सोमबार
,
Latest
विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसमा सिरियाली राष्ट्रपति असद भए नभएको पुष्टि गर्न क्रेमलिनद्वारा अस्वीकार



अ+ अ-

मस्को । सिरियाली राष्ट्रपति बसर अल असद भागेर मस्को पुगेको भन्ने समाचारको पुष्टि गर्न क्रेमलिनले सोमबार अस्वीकार गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँग भन्नुभयो, “असद कहाँ छन् भन्ने बारेमा मैले तपाईंलाई केही भन्न सक्दिन ।”

कुर्दिश इस्लामवादी नेतृत्वको विद्रोही समूह दमास्कसमा प्रवेश गरेपछि देश छोडेर भागेको केही घण्टापछि नै असद र उहाँको परिवार मस्कोमा रहेको क्रेमलिन स्रोतले आइतबार रूसी समाचार निकायलाई जानकारी दिएको छ ।

असदका छोरा रूसको राजधानी मस्कोमा अध्ययन गरिरहेका छन् ।

पेस्कोभले सोमबार भन्नुभयो, “यदि रूसले असद र उनको परिवारलाई शरण दियो भने यो रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले लिने निर्णय हुनेछ ।”

पेस्कोभले भन्नुभयो, “राष्ट्रप्रमुख बिना यस्ता निर्णय गर्न सकिंदैन र यो उनको निर्णय हो ।”

उहाँले पुटिनको एजेन्डामा असदसँग कुनै भेटघाट गर्ने कार्यक्रम नभएको बताउनुभयो ।

रूसले युक्रेनका पूर्व राष्ट्रपति भिक्टर यानुकोभिचसहित कैयौँ अपदस्थ नेतालाई आश्रय दिएको छ ।

पछिल्ला केही दिनयता सिरियामा भएका नाटकीय घटनाबारे संक्षिप्त टिप्पणी गर्दै पेस्कोभले क्रेमलिन आश्चर्यचकित भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “जे भयो, त्यसले पूरै विश्वलाई आश्चर्यचकित बनाएको छ र यस मामिलामा हामी पनि यसको अपवाद होइनौँ ।”

रूसले सिरियामा रणनीतिक रूपमा महत्वपूर्ण सैन्य र नौसैनिक शिबिरहरू राखेको छ, जहाँबाट उसले सन् २०१५ मा असदको पक्षमा सैन्य हस्तक्षेप सुरु गरेको थियो ।

पेस्कोभले भन्नुभयो, “अब सिरियामा अस्थिरताका कारण निकै जटिल समय आउनेछ ।”

रूसकोे सैन्य अखडाको अवस्था के हुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “अहिले नै केही भन्न सकिने अवस्था छैन । यो सिरियामासत्तामा रहने जो कोहीसँग छलफलको विषय हो ।”
क्रेमलिनका प्रवक्ताले ती अखडाको सुरक्षा निकै महत्वपूर्ण रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “हामी सुरक्षा प्रदान गर्न सक्ने व्यक्तिसँग सम्पर्क गर्न सम्भव र आवश्यक सबै काम गरिरहेका छौं । हाम्रो सेनाले पनि सावधानीका उपायहरू अपनाइरहेको छ ।”

क्रेमलिन स्रोतलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले आइतबार असदलाई सत्ताच्युत गर्ने विद्रोहीहरूले ‘सिरियाको भूमिमा रुसी सैन्य अड्डा र कूटनीतिक संस्थाहरूको सुरक्षाको प्रत्याभूति’ दिएको बताएका थिए।

मस्कोस्थित सिरियाली दूतावासले सोमबार उक्त भवनमा विपक्षीको झण्डा फहराएको थियो भने एक प्रवक्ताले उक्त कार्यालयबाट सामान्य रुपमा सेवा सञ्चालन भइरहेको बताउनुभएको छ ।

पेस्कोभले सिरियामा विद्रोही सेनालाई समर्थन गर्ने टर्कीएसँग रूस ‘वार्तामा रहेको’ बताउँदै भन्नुभयो, “यहाँ सबै देशसँग वार्ता कायम राख्नु महत्वपूर्ण छ । हामी स्थितिको विश्लेषण दृढतापूर्वक वार्ता तथा निर्णयमा पुग्नेछौँ ।