९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’ले दुई दिनमै कमायो ४१५ करोड



अ+ अ-

एजेन्सी । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ ले रिलिजको दुई दिनमा विश्वभर करिब ४१५ करोड रुपैयाँ कमाएको छ ।

योसँगै भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन २६५ करोड रहेको छ । इन्डस्ट्री ट्र्याकर सकनिल्कका अनुसार ‘पुष्पा २’ ले हिन्दी संस्करणबाट करिब १३१ करोड रुपैयाँ कमाएको छ ।

यस हिसाबले फिल्मले विश्वव्यापी कमाईको मामिलामा शाहरुख खानको ‘जवान’ र एसएस राजामौलीको फिल्म ‘आरआरआर’लाई पछाडि छोडेको छ ।

आरआरआरले दुई दिनमा विश्वभर ३७१.५३ करोड रुपैयाँ कमाएको थियो । फिल्म जवानको कुरा गर्ने हो भने दुई दिनमा विश्वभर २३९.४७ करोड कमाएको थियो ।

व्यापार विज्ञ तरण आदर्शका अनुसार ‘पुष्पा २’ ले शुक्रबार हिन्दी संस्करणमा मात्रै ५० करोडभन्दा बढी कमाएको छ ।

फिल्म ‘पुष्पा २’ को ओपनिङ डे कलेक्सनको कुरा गर्दा विश्वभर २९४ करोड कमाएको थियो । जसमा भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन १७५.१ करोड थियो । पुष्पा–२ ले हिन्दी संस्करणमा ७२ करोड कमाएको थियो ।

‘पुष्पा–२’ तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी गरी ५ भाषामा रिलिज भएको छ । फिल्ममा अल्लु अर्जुन फेरि पुष्पराजको भूमिकामा देखिएका छन् । रश्मिका मन्दना पनि श्रीवल्लीको अवतारमा देखिएकी छिन् । यस्तै फहाद फासिल प्रहरी भनवर सिंह शेखावतको भूमिकामा छन् ।

फिल्मको लेखन र निर्देशन सुकुमारले नै गरेका छन् ।