१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

नेपालले बिआरआईमा हस्ताक्षर गर्दा भारत तर्सिनु पर्दैनः पूर्वपरराष्ट्रमन्त्री महासेठ

नेपालले बिआरआईमा हस्ताक्षर गर्दा भारत तर्सिनु पर्दैनः पूर्वपरराष्ट्रमन्त्री महासेठ
अ अ+ अ-

काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेका सचिव रघुवीर महासेठले चीन सरकारसँग नेपालले बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क (बिआरआई) मा हस्ताक्षर गर्दा भारतले आपत्ति जनाउन नहुने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा न्युज एजेन्सी नेपालले ‘प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआई कार्यान्वयन’ सम्बन्धमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री महासेठले यस्तो बताउनुभएको हो ।

उहाँले बिआरआई परियोजनाबाट नेपालमा बनेका रेल,सडक लगायत अन्य कनेक्टिभिटीको विकास हुँदा भारतले पनि लाभ लिनसक्ने बताउनु भयो । उहाँले चीन–नेपाल जोड्ने रेल र सडक पूर्वाधार बन्दा भारतले पनि प्रयोग गर्नसक्ने भएकाले नेपालले बिआरआईमा सम्झौता गर्दैमा तर्सनुपर्ने आवश्यकता बताउनु भयो । उहाँले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेल बन्दै गर्दा सबैभन्दा बढी फाइदा भारतलाई हुने दाबी गर्नुभयो । उहाँले केरुङ–काठमाडौं र काठमाडौं–रक्सौल रेल तथा सडक पूर्वाधार बन्दा चीनबाट भारतले महिना दिन लगाएर ल्याउने सामान एक दिनमा भारत पु¥याउनसक्ने भन्दै भारत बिआरआईबाट तर्सिनु नहुने बताउनु भयो ।

उहाँले नेपालले कुनै भारत बिरोधी भावनाले प्रेरित योजना स्वीकार गर्न नसक्ने भन्दै बिआरआई फ्रेर्मवक परियोजना भारत बिरोधी नभएको जिकिर गर्नुभयो । उहाँले नेपाल सरकारले चीनसँग बिआरआई परियोजनामा हस्ताक्षर गरेसँगै विकासको ढोका खुलेको दाबी गर्नुभयो । उहाँले बिआरआई फ्रेमवर्कमा बन्ने सडक पूर्वाधारहरुमा अझै ओलाङ्चुङगोला,तमोर लगायतका आयोजनाहरु समावेश गरिन बाँकी रहेको बताउनु भयो । उहाँले नेपाल–चीन जोड्ने चार वा ६ लेनको सडक बनाउँदै गर्दा निजी क्षेत्रले आफँै लगानी गर्ने बताउनु भयो । उहाँले नेपालको प्रतिकुल नहुने गरी ऋण लिँदा केही समस्या नहुने भन्दै नेपाललाई चीन र भारतको बिरोधस्थल बनाउन नदिने बताउनु भयो । उहाँले नेपालले चीन र भारत मात्रै नभएर विश्वका कुटनीतिक सम्बन्ध भएका देशहरुमा नेपालबाट कुनैपनि बिरोधी गतिविधि गर्नदिन नहुने बताउनु भयो । उहाँले बिआरआई परियोजना नेपाललाई आवश्यकता भएकाले सम्झौता गरिएको बताउनु भयो । उहाँले बिआरआई परियोजनामा सरकारले ऋण लिने नभई परियोजनाले तिर्नेगरी ऋण लिनुपर्ने बताउनु भयो । उहाँले बिआरआईभित्र ऋण र सहयोग केहि पनि नपर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘बिआरआईबाट भारत तर्सनुपर्ने काम छैन । नेपालमा कनेक्टिभिटिको विकास भयो भने नेपालको बाटो भारतले प्रयोग गर्न मिल्दैन र रु नेपालले जसरी रेल बनाएका छौं । काठमाडौं केरुङ र काठमाडौं रक्सौल उहाँहरु नै सहयोगी हुनुहुन्थ्यो । हाम्रो पालामा सम्झौता भएको हो । त्यो रेल बन्यो भने भारतले महिना दिन लगाएर सामान ल्याउँछ । नेपाल–चीन रेल र सडक मार्ग बन्दा एक दिनमा चीनबाट भारत पुग्छ । त्यसैले भारत पनि बिआरआईबाट तर्सनु हुँदैन । नेपालमा के भइरहेको छ । नेपालमा हामी बिआरआई होस् वा अन्य कुनै परियोजना होस् । भारत बिरोधी भावनाले प्रेरित योजना स्वीकार गर्दैनौं । तर बिआरआई फ्रेर्मवक परियोजना त्यस्तो छैन । बिआरआईमा हस्ताक्षर गरेपछि नेपालमा विकासको ढोका खुल्यो । बिआरआई फ्रेमवर्कमा जति सडक पूर्वाधारहरु समावेश गरिएको छ । त्यसमा अन्य पनि थप्न बाँकी छ । टिमतला,ओलाङ्चुङगोला,तमोर बाँकी नै छ । त्यहाँ इतिहासमा पहिलो पटक सडक पूर्वाधार पु¥याएका छौँ ।’

‘विकासको ढोका सडक बन्ने बित्तिकै सरकारले विकास गर्नुपर्दैन । ६ लेन वा चार लेनको सडक बनाईदियो भने निजी क्षेत्रले आफैँ लगानी गरेर उद्योग खोल्छन् । विकासको बाटो खुला भएको छ । हामी चाहन्छौ । नेपालको प्रतिकुल नहुने गरी ऋण लिँदा केही बिग्रँदैन । चीन र भारतको बिरोध स्थलको रुपमा नेपाललाई बनाउन हुँदैन । चीन र भारत मात्रै होइन विश्वका कुटनीतिक सम्बन्ध भएका देशहरुमा नेपालबाट कुनैपनि बिरोधी गतिविधि गर्नु दिनु हुँदैन । बिआरआई परियोजना नेपाललाई आवश्यकता थियो । त्यो अहिले पूरा भएको छ । नेपालले बिआरआई परियोजनामा काम गर्नुपर्छ । ऋण चीनले दिने र देशले पनि लिने होइन । ऋण परियोजनाले लिने हो । नेपाल सरकारको सहयोगमा दुई देशको टिम बसेर निर्णय गर्छ । नेपाल सरकारले तिर्नेगरी ऋण हुँदैन । परियोजनाले तिर्नेगरी हुन्छ । जुन परियोजनाबाट उत्पादन हुन्छ त्यो परियोजनामा ऋण लिनुपर्छ । जुन रेल उत्पादनमुलुक हो । त्यो बन्ने बित्तिकै नेपालको कार्यपल्ट हुन्छ । सडक बन्दा नेपालीले मात्रै नभएर भारतीय व्यवसायीले पनि यही बाटो प्रयोग गर्छन । बिआरआई भित्र ऋण र सहयोग पर्दैन । जब बिआरआईको घोषणा २०१३ मा भयो । २०१४मा नेपाल सरकारले सैद्धान्तिक सहमति दियो ।’

उहाँले एक चीन नीतिलाई नेपालले मात्रै होइन अमेरिकाले पनि मानेको उल्लेख गर्नुभयो । उहाँले विश्व राजनीतिक उत्तारचढावको कारणले अहिले नमानेको बताउनु भयो । अहिले ताइवान स्वतन्त्र राष्ट्र भएको बताउनु भयो ।
पूर्वपरराष्ट्रमन्त्री महासेठले बिआरआई सम्झौतापछि बाहिर उठिरहेका प्रश्नको जवाफका लागि सम्झौतामा उल्लेख विषय अध्ययन गर्न आग्रह गर्नुभयो । उहाँले राजनीतिक दलका नेताहरुले सबैभन्दा पहिला बिआरआई के हो बुझ्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले आफू परराष्ट्रमन्त्री हुँदा बिआरआईको विषयमा अध्ययन गर्दा कतैपनि ऋण र सहायता भनेर उल्लेख नभएको दाबी गर्नुभयो । ऋण र अनुदानसँग कुनै सम्बन्ध नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ बिआरआई परियोजना श्रीलंकामा ऋण लिएर डुब्यो भन्नुभएको छ । ऋण लिएर दुरुपयोग ग¥यो भने चलाउन जानेन भने डुब्छ । अहिले धेरै मानिसहरु श्रीलंकामा भएको घटना देखेर तर्सिरहेका छन् । श्रीलंकामा गृहयुद्ध, आर्थिक संकट, प्रतिवद्धता गरेको लगानी राख्न सकेन र चीनले ऋण दियो ।आन्तरिक कारणले श्रीलंकाले चलाउन नसक्दा चीनले चलाएको हो ।’

उहाँले बिआरआईको मुख्य पक्ष आर्थिक सहकार्य भएको दाबी गर्नुभयो । उहाँले बिआरआईमा नेपालको अवस्थामा पाँच आधार मानेको भन्दै नीतिगत,आर्थिक,खुला बजार ,रेल र सडक कनेक्टीभिटि र नेपाली जनता परियोजनामा सहभागी भएर रोजगारी पाउने र प्रत्येक जनताको योगदान हुनुपर्ने आधारहरु आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा विद्युत उत्पादन भएपनि निर्यात गर्न नपाएको भन्दै भारतसँगको शर्तमा महँगोमा किन्ने र सस्तोमा निर्यात गरिरहेको उल्लेख गर्नुभयो । विद्युत व्यापारमा नेपालको भारतमा जस्तो चीनमा अवस्था भएको भए नेपालले विद्युत बेच्न सहज हुने थियो । पूर्वपरराष्ट्रमन्त्री महासेठले नेपालले खुला बजारलाई पनि उत्तिकै ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले नेपाल आर्थिक, समाजिक र राजनीतिक रुपमा कुन अवस्थामा रहेको छौं भन्ने विषयमा केन्द्रित हुन आवश्यक रहेको बताउनु भयो ।