६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

प्रदेशस्तरीय तीन सडक समस्याग्रस्त सूचीमा

प्रदेशस्तरीय तीन सडक समस्याग्रस्त सूचीमा
अ+ अ-

दमौली, (तनहुँ) । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरू गरिएका तनहुँका तीन सडक समस्याग्रस्त सूचीमा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट सुरू गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालयले समस्याग्रस्त आयोजनाका रूपमा सूचीकृत गरेको हो ।

आँबुखैरेनी–छिम्केश्वरी सडक, दुलेगौडा–हर्कपुर सडक र भानुमार्ग–चन्द्रावती पिलिगार्ग, कुन्छा–कालीमाटी सडकलाई समस्याग्रस्त आयोजनाका रूपमा राखिएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो । निर्माण सुरू भएर लामो समयसम्म अलपत्र परेका ती सडक आयोजनालाई समस्याग्रस्त आयोजनाका रूपमा सूचीकृत गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ती सडक योजना समयमै सम्पन्न भएनन् । त्यहीकारण यसलाई समस्याग्रस्त आयोजनाका रूपमा राखी निर्माण सम्पन्न गराउन लागिपरेका छाँै । सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गरेका छौँ ।”

आँबुखैरेनी–छिम्केश्वरी सडकको १६ किलोमिटर कालोपत्रको काम २०७६ साल मङ्सिर ६ गतेदेखि सुरू भएको थियो । उक्त सडकको म्याद २०८१ साल असोज २० गते सकिएको छ । उक्त खण्डमा हालसम्म आठ किलोमिटर कालोपत्र सकिएको छभने बाँकी काम हुनसकेको छैन ।

रू ५१ करोड ८४ लाख ९० हजार छ सय ९० लागत अनुमान गरिएको उक्त सडकको ठेक्का रू ३६ करोड पाँच लाख ५० हजार पाँच सय १५ मा लागेको थियो । सडक स्तरोन्नतिको ठेक्का एमएस शर्मा काष्ठमण्डप जेभीले पाएको थियो । प्रमुख तिवारीका अनुसार निर्माण व्यवसायीलाई हालसम्म रू ३० करोड दुई लाख एक हजार आठ सय ६२ भुक्तानी भएको छभने रू छ करोड तीन लाख ४८ हजार छ सय ५२ भुक्तानी बाँकी छ । चालु आर्थिक वर्षमा सडकका लागि रू एक करोड ५० लाख विनियोजन भएको छ ।

त्यस्तै भानुमार्ग चन्द्रावती पिलिगार्ग कुन्छा कालीमाटी सडकको स्तरोन्नति २०७६ साल कात्तिक ४ गते सुरू भएको थियो । उक्त सडकको म्याद २०७९ साल असार ३० गते सकिएर २०८२ असार १३ गतेसम्मका लागि म्याद थप भएको तिवारीले बताउनुभयो । दश दशमलव १२ किलोमिटर खण्ड स्तरोन्नतिमध्ये आठ किलोमिटरमा मात्रै प्रगति भएको छ । उक्त खण्ड स्तरोन्नतिका लागि रू २३ करोड दुई लाख ८० हजार छ सय ६१ मा सम्झौता भएको थियो । उक्त सडक स्तरोन्नतिको काम एमएस शङ्करमाली निर्माण सेवाले पाएको छ ।

तिवारीका अनुसार हालसम्म रू छ करोड ९५ लाख २६ हजार छ सय ४० भुक्तानी भएको छ । चालु आर्थिक वर्षमा रू दुई करोड बजेट विनियोजन भएको तिवारीले जानकारी दिनुभयो । यस्तै, एमएस शङ्करमाली निर्माण सेवाले नै ठेक्का पाएको दुलेगौडा–हर्कपुर सडकको काम पनि अलपत्र छ । उक्त सडक स्तरोन्नतिका लागि २०७६ साल कात्तिक ४ गते सम्झौता भएको थियो । सडक निर्माणको म्याद २०७९ साल असार ३० गते सकिएर २०८२ असार १३ गतेसम्मका लागि म्याद थप भएको छ । उक्त सडकमा हालसम्म रू १० करोड ५८ लाख ८४ हजार पाँच सय नौ भुक्तानी भएको र चालु आर्थिक वर्षका लागि रू दुई करोड विनियोजन भएको प्रमुख तिवारीले जानकारी दिनुभयो ।

शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ट्रयाक खुलेको २४ वर्षपछि कालोपत्र सुरू हुँदा स्थानीयवासी खुसी भएका थिए । तर कामको प्रगति नबढ्दा स्थानीयवासी चिन्तित छन् । रासस