२७ पुष २०८१, शनिबार
,
Latest
पृथ्वी जयन्ती : राप्रपा नेपालको चियापनमा प्रधानमन्त्री-फोटोफिचर राप्रपाको चियापानमा ओली, देउवा, नेपाल लगायतका नेताहरु सहभागी खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न फेरि राष्ट्र बैंकको निर्देशन जुम्लामा ८,८२९ छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने ढोरपाटन नगरप्रमुख देव कुमार नेपाली र इमेज सहकारीपीडित ५४७ बीच मेलमिलाप म्याग्दीको राहुघाट जलविद्युतको ‘स्विचयार्ड’ निर्माण सुरू प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण-फोटो फिचर पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी राजा भोलि नेपाल आउने, स्वयम्भु र बौद्धनाथ पुग्ने, २ बजे फर्कने



अ+ अ-

काठमाडौँ । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक भोलि नेपाल आउने भएका छन् । उनको साथमा रानी तेत्सुन पेमा वाङचुक पनि हुेनेछिन् । उनीहरु भोलि बिहान १० बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

राजदम्पत्तिले स्वयम्भु र बौद्धनाथको दर्शन गर्ने तय भएको छ । तर उनीहरुको निजी भ्रमण रहेकाले खासै भेटघाट र अन्य कार्यक्रमहरु भने केही नरहेको जनाइएको छ ।

उनीहरु बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको र बिहान उनीहरुलाई परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले स्वागत गर्नेछिन् ।

मन्त्रालयले उनीहरु काठमाडौँ आएलगत्तै सुरुमा स्वयम्भु र त्यसपछि बौद्धनाथ दर्शन गर्न जानेछन् । त्यसपछि २ बजे काठमाडौँबाट थिम्पु फर्किने बताइएको छ ।

निजी भ्रमणका लागि काठमाडौँ आउने भएकाले कुनै औपचारिक कार्यक्रम नरहेको बताइएको छ । उनीहरु चार्टर फ्लाइटबाट थिम्पु फर्कने भएका हुन् । उनीहरु आज नै नयाँ दिल्ली पुगेका हुन् ।