३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिआरआई फ्रेमवर्कमा चीनमा सहमति



अ+ अ-

काठमाडौं: नेपाल र चीनबीच हुने भनिएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) फ्रेमवर्कमा अन्यौलबीच दुबै देशबीच अन्तत: सहमति भएको छ ।

नेपालले अघि सारेको परिमार्जित बिआरआई फ्रेमवर्कलाई चीनले स्वीकार गरेको बेइजिङमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणदलमा रहेका एक सदस्यले न्यूजपोलारलाई बताएका छन् । उक्त सम्झौतामा सम्भवत: बेइजिङमा हस्ताक्षर हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि छ्याङ एवं राष्ट्रपति सी चिनफिङ बीच भएका भेटवार्तामा नेपालले फ्रेमवर्कमा सहमति जनाउन चिनिया पक्षलाई आग्रह गरेको थियो ।

बिआरआई अन्तर्गत चीनले नेपालका विकास परियोजनामा ऋण र अनुदान दुबै सहायता प्रदान गर्ने सम्भावना छ जसका लागि दुबै पक्षले आयोजनाहरु पहिचान गर्नेछन् । त्यस्ता आयोजनामा आवश्यक पर्ने रकमको मोडालिटी समेतका विविध विषयमा छलफल भएर निष्कर्षमा पुग्न भने बाँकी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि बिआरआई फ्रेमवर्कका बारेमा सत्तारुढ दलहरुसँग सहमति जुटाउनु भएको थियो । उक्त फ्रेमवर्कमा काम गर्न चीन राजी भएको स्रोतको भनाई छ ।