२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न खुला विश्वविद्यालयकी उपकुलपति प्रा.डा. शीलुको आग्रह



अ+ अ-

काठमाडौं । नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शीलु मानन्धर बज्राचार्यले डा. खगेन्द्र प्रसाईंलाई डीनबाट पदमुक्त गरिएको विषयमा केही सञ्चारमाध्यमबाट भ्रामक सूचना प्रवाह भएको भन्दै ध्यानाकर्षण भएको बताउनुभएको छ ।

उपकुलपति बज्राचार्य विश्वविद्यालयको प्रमुखको हैसियतले आफूले स्पष्टीकरण सोधेकोमा डा. प्रसाईले तथ्यपरक आधारमा प्रमाणका साथ स्पष्टीकरण जवाफ प्रस्तुत् गर्न नसकेपछि विभागीय कारबाहीअन्तर्गत डीनबाट निलम्बिन गरी पदमुक्त गरिएको समेत स्पष्ट पार्नुभएको छ ।

आफूले गरेको कारबाहीविरुद्ध प्रसाईंले उच्च अदालतमा रिट दिएको तर अदालतले अन्तरिम आदेश जारी नगरेपछि अहिले मन्त्रीसँग धाउन थालेको भन्दै उहाँले असन्तुष्टिसमेत जनाउनुभएको छ । उहाँले यथार्थ विषयवस्तु बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।