८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

शुरु भयो नियमित प्याराग्लाइडिङ

शुरु भयो नियमित प्याराग्लाइडिङ
फाईल फोटो
अ+ अ-

डोटी । जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ शुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक रुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो । उक्त गाउँपालिकामा रहेका छहरा झरना, छतिवन ताललगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी छतिवन पर्यटन प्रवद्र्धन संरक्षण समिति र बैतडी अमेजिङ एडभेन्चर प्रालिको संयुक्त सहकार्यमा प्याराग्लाइडिङको शुरुआत गरिएको हो । जिल्लामा व्यावसायिकरूपमा प्याराग्लाइडिङ सञ्चालन भएको यो पहिलोपटक हो । गएको वर्ष उक्त गाउँपालिकामा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको थियो ।

कम्तीमा पनि १५ देखि २० मिनेटसम्मको उक्त प्याराग्लाइडिङ यात्रा शुरु भएपछि अहिले त्यहाँ आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक तथा प्याराग्लाइडिङ गर्नेको भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन संरक्षण समितिका अध्यक्ष भरत कुँवरले बताए । उनले भने, “हाम्रो गाउँपालिकामा असङ्ख्य पर्यटकस्थल रहेका छन्, जसको प्रचारप्रसार हुनसकेको थिएन, अहिले हामीले प्याराग्लाइडिङमार्फत ती क्षेत्रको प्रचारप्रसार गर्दैछौँ र पर्यटक पनि आउन थालेका छन् ।” 

रुबसकाँडाको भगतडाँडा ९भ्यू प्वाइन्ट० बाट उड्ने फ्लाइट करिब १५ देखि २० मिनेट आकाशमा रहने तथा प्याराग्लाइडिङको कूल रु चार हजार लाग्ने आयोजकले जनाएको छ । प्याराग्लाइडिङको ल्यान्डिङ छतिवन ताल, बुडर र बिछिल गरी तीन स्थानमा गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष कुँवरले जानकारी दिए ।