काठमाडौँ । तेलुगु सिनेमाका सुपरस्टार नागार्जुन अक्किनेनीले हालै लेक्सस ३५० एच कार किनेका छन् । रिपोर्टका अनुसार यो कारको मूल्य २.१० करोड भारु रहेको छ ।
उनले यो कार छोरा नागा चैतन्य र बुहारी शोभिता धुलिपलालाई विवाह उपहार स्वरुप दिने बताइएको छ ।
सामाजिक सञ्जालमा धेरै भिडियो र तस्विरहरु सार्वजनिक भएका छन्, जसमा नागार्जुन यो नयाँ कारमा सवार देखिन्छन् । कार मारुन शेडमा छ ।
नागा चैतन्यले शोभिता धुलिपलासँग विवाह गर्दैछन् । विवाह समारोह सुरु भएको छ । एक दिनअघि दुवैले हल्दी लगाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
नागा चैतन्य र शोभिताले हैदरावादको अन्नपूर्ण स्टुडियोमा विवाह गर्नेछन् । यो स्टुडियो नागाका हजुरबुवा अभिनेता अक्किनेनी नागेश्वर रावले सन् १९७६ मा बनाएका थिए । यो स्टुडियो अक्किनेनी परिवारका लागि विशेष रहेको छ ।
सामन्थासँग सम्बन्धविच्छेदपछि नागा चैतन्यको नाम शोभितासँग जोडिन थाल्यो । दुवैले धेरै अन्तर्राष्ट्रिय यात्रामा सँगै समय बिताएको देखिएका छन् ।
यस बाहेक शोभिता आफ्नो फिल्म ‘मेजर’ को प्रमोशनका लागि बसेको होटलमा चैतन्य धेरै पटक देखिएका थिए । शोभिताले पनि आफ्नो जन्मदिन हैदराबादमै सेलिब्रेट गरिन् । यसपछि पनि नागा र शोभिता धेरै अवसरमा सँगै देखिएका छन् । त्यसयता दुवैले एकअर्कालाई डेट गर्दैछन् भन्ने अड्कलबाजी चलिरहेको थियो ।
सामन्था रुथ प्रभु र नागा चैतन्यले गोवामा ६ अक्टोबर २०१७ मा पहिले हिन्दू र त्यसपछि ७ अक्टोबरमा क्रिस्चियन रितीरिवाज अनुसार विवाह गरेका थिए ।
विवाहपछि सामन्थाले आफ्नो नाम बदलेर अक्किनेनी राखेकी थिइन्, तर सम्बन्धविच्छेदको खबरबीच सामन्थाले आफ्नो ट्विटर ह्यान्डलबाट अक्किनेनीलाई हटाएर सामन्था रुथ प्रभु राखेकी थिइन् ।
उनीहरु दुवैले अक्टोबर ६, २०२१ मा वैवाहिक जीवनको चार वर्ष पूरा गर्न लागेका थिए तर त्यसअघि नै उनीहरु छुट्टिए ।