८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

मध्यपहाडी लोकमार्ग कालोपत्रे हुने भएपछि स्थानीयवासी खुशी

मध्यपहाडी लोकमार्ग कालोपत्रे हुने भएपछि स्थानीयवासी खुशी
अ+ अ-

पाँचथर । याङवरक गाउँपालिका वडा नं १ मेजरडाँडामा गाई गोठ राखेका भक्तराज बेघा लिम्बू नजिकैको सडक कालोपत्रे हुने भएपछि दङ्ग छन् । “अब हाम्रो घ्यू, छुर्पीले राम्रै भाउ पाउने भयो”, लिम्बूले भने, “अहिलेसम्म गाडीकै समस्या थियो ।” लिम्बूको गोठ नजिकैबाट विस्तार भएको पुष्पलाल ९मध्यपहाडी० लोकमार्गको ट्र्याक खोलिएको आठ वर्ष भयो । खोलिएको ट्र्याक पनि आधाजसो मात्रै बाँकी छ । कतै भित्तोले पुरेको छ त कतै छेउ लडेको छ । लोकमार्गको उद्गम विन्दु भए पनि यहाँ हालसम्म ट्र्याक विस्तार र कालोपत्रे हुन नसक्दा स्थानीयले समस्या भोग्दै आएका थिए । तर, चालु आर्थिक वर्षको बजेटमा सरकारले लोकमार्गको उद्गम विन्दु क्षेत्रको कालोपत्रेका लागि बजेट छुट्ट्याएपछि स्थानीयवासी खुशी भएका हुन् ।

ट्र्याक खोलिएको लामो समयपछि सडक कालोपत्रे हुने खवरले आफूलाई बल्ल सडक आइपुग्न लागेजस्तो अनुभूति भएको याङवरक–१ हर्कटेका ताराबीर राईको भनाइ छ । “ट्र्याक खोलिए पनि भनेको बेलामा सवारी आउन नसक्ने अवस्था छ”, राईले भने, “कहिलेकाँही भोकै बस्नुपर्ने अवस्था पनि आयो ।” विगतमा जस्तो भरीया नपाइने र सवारीसमेत नचल्ने समस्याले उच्च पहाडी क्षेत्रका स्थानीयवासी अहिलेसम्म समस्यामै बस्नु परेको राईको भनाइ छ । जतिसक्दो छिटो सडक कालोपत्रेको काम शुरु हुनुपर्ने स्थानीयवासीको माग छ । “चाँडो भइदिएदेखि हामीलाई राहत मिल्थ्यो”, राईले भने । 

याङवरक गाउँपालिका वडा नं ४ दारिम्बाबाट लोकमार्गको ५३ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ । नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङबाट लोकमार्गको शुरुआत भएको छ । चिवाभञ्ज्याङसम्म भारत सरकारले पनि सडक निर्माण गरिरहेको छ । भारततर्फ समेत सडक निर्माण भएपछि दुवै देशका उच्च पहाडी क्षेत्रका स्थानीयलाई सामग्री आयात–निर्यातमा सघाउ पुग्ने स्थानीयवासीको अपेक्षा छ । “सिक्किमबाट चिवाभञ्ज्याङ जोडिएपछि पारस्परिक सम्बन्ध रहेका हामीलाई धेरै सुविधा मिल्छ”, राईले भने, “कालोपत्रेको काम शुरु भयो भने कोरोनाभाइरस सङ्क्रमणको त्रासका कारण गाउँ आएका युवाले समेत रोजगारी पाउँछन् ।” 

चिवाभञ्ज्याङबाट नजिकैको बजार च्याङथापूका ब्यवसायी गङ्गाराम गौतम सडक कालोपत्रे भई चिवाभञ्ज्याङ नाका सञ्चालनमा ल्याइनुपर्ने बताउछन्। सडक कालोपत्रे भए यहाँ धेरै सम्भावनाका ढोकाहरु खुल्ने गौतमको भनाइ छ । “चिवाभञ्ज्याङ सहित फालोट, तिम्बुपोखरी, लामपोखरीलगायत पर्यटकीय क्षेत्रहरुसम्म पुग्न सहज हुन्छ”, गौतमले भने, “अहिले त ट्र्याक मात्रै छ । सवारी सञ्चालन गर्न कठिन हुन्छ ।” पाँचथर र ताप्लेजुङको सीमावर्ती क्षेत्रका स्थानीयवासीको भारतको सिक्किमसँग कुटुम्बेरी सम्बन्धसमेत रहेको छ । आफन्तकहाँ आवत–जावतमा कठिनाई भोग्नुपर्ने समस्या चाँडै हल हुनेमा स्थानीयवासीको विश्वास छ । “हाम्रै जिल्लाका सांसद् मन्त्री भएपछि सडक कालोपत्रेका लागि बजेट प्राप्त भएको सुनेका छौँ”, गौतमले भन्नुभयो, “यो हाम्रा लागि साह्रै खुशीको विषय हो ।”

याङवरक–१ चित्रेका नरबहादुर बेघा पनि सडक कालोपत्रे नहुँदा सवारी अवरुद्ध भई समस्या ब्यहोर्नुपरेको सम्झन्छन् । “यत्तिका वर्ष भयो, पिच (कालोपत्रे) हुने कुरा मात्रै भयो”, बेघाले भने, “अहिले बजेट नै छुट्टिएको सुन्यौँ । अब पक्कै पिच होला ।” कालोपत्रे सडक नहुँदा ५३ किलोमिटर कच्ची सडक पार गर्न तीन घण्टासम्म समय लाग्छ । वर्षा भए सवारी सञ्चालन अवरुद्ध हुने गरेको छ । लोकमार्गका उद्गम विन्दुमा शुरुआतमै ट्र्याक खोलिएपनि कालोपत्रे नभएको भन्दै केही समयअघि स्थानीयवासी आन्दोलितसमेत भएका थिए ।
 
उद्गम विन्दुको खण्ड कालोपत्रेको काम चाँडो शुरु हुनुपर्ने स्थानीय जनप्रतिनिधिको माग छ । “यो खण्ड कालोपत्रे भए हामीकहाँ अरु धेरै सम्भावनाहरु खुल्दछन्”, याङवरक–१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलले भने, “पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, सीमाको सुरक्षामा सहज सडक पहुँचले मद्दत गर्छ ।” याङवरकबाटै प्रतिनिधित्व गर्ने जिल्ला समन्वय समिति पाँचथरका सदस्य नरबहादुर गुरुङ शुरुआतमै ट्र्याक खोलिएको र लोकमार्गको उद्गम विन्दु रहेको क्षेत्रमा कालोपत्रेमा ढिलाई हुनु आफैँ दुःखद् भए यस वर्ष बजेट छुट्टिएपछि स्थानीयवासी उत्साहित भएको बताउछन् । सरकारले चालु आर्थिक वर्षमा उक्त खण्ड कालोपत्रेसहित मध्यपहाडीको पूर्वी खण्डका रु आठ अर्ब २७ करोड विनियोजन गरेको छ ।