२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्वारा उखुको मूल्य निर्धारण



अ+ अ-

महोत्तरी । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि उखुको मूल्य निर्धारण गरेको छ । सरकारले बिहीबार निर्णय गर्दै गत वर्षको उखुमा प्रतिक्विन्टल रु २० थपेर नयाँ मूल्य निर्धारण गरेको हो । यसअनुसार गत वर्ष कायम मूल्य रु पाँच सय ६५ रहेकामा नयाँ मूल्य प्रतिक्विन्टल रु पाँच सय ८५ पुगेको छ ।

यसैबीच, आम रूपमा वस्तुमा बढेको मूल्यवृद्धिको अनुपातसम्म नमिलाएर अहिले उखुको मूल्यमा गरिएको मूल्य वृद्धिले किसानमा निराशा बढाएको उखु उत्पादक किसान सङ्घ महोत्तरीले जनाएको छ ।

मूल्य निर्धारण गरिँदा सरकार, चिनी उत्पादक र उखु किसानका प्रतिनिधिबीच छलफल र सहमति गरिनुपर्नेमा प्रक्रिया नअपनाइएको सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो ।

“पहिलेदेखि उखुको मूल्य निर्धारण गर्दा तीनैपक्ष (सरकार, चिनी उत्पादक र किसानका प्रतिनिधि) हुनपर्ने सैद्धान्तिक सहमति भए पनि यस पटक उखु उत्पादक किसान महासङ्घ र उखु उत्पादक किसान सङ्घका प्रतिनिधिलाई सहभागी गराइएको छैन”, कुशवाहाले भन्नुभयो, “किसानसँग छलफल नगरी गरिएको मूल्य निर्धारण न्यायोचित हुन सकेन ।” आम वस्तुमा भएको मूल्यवृद्धि अनुसार उखु किसानले पनि पाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

“नेपाल राष्ट्र बैंकले आम रूपमा १५ प्रतिशत मूल्यवृद्धिको तथ्याङ्क देखाएको छ, उखुमा पनि सोहीअनुसार बढाउनु पर्छ”, कुशवाहाले भन्नुभयो । चारदिन पहिले मात्र उखु उत्पादक किसानको छाता सङ्गठन उखु उत्पादक महासङ्घले आयोजना गरेको छलफलमा सरकारलाई यस वर्ष गतवर्षको तुलनामा १५ प्रतिशत मूल्य वृद्धि गरीदिन अनुरोध गरिएको भन्दै सुनुवाइ नभएको उहाँको भनाइ छ ।

यसअघि गत वर्ष सरकारले उखुमा रु ७० प्रतिक्विन्टल अनुदान दिएको थियो । यस वर्षको अनुदानबारे अझै निर्णय नभएको महासङ्घका अध्यक्ष कुशवाहाले बताउनुभयो । उहाँका अनुसार १५ प्रतिशत मूल्य वृद्धि भएमा उखुको मूल्य रु छ सय ६९ प्रतिक्विन्टल पर्दछ ।

जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजमा कहिले उखु क्रसिङ थालिने यकिन नहुँदा खुट्टीउखु (दोस्रो वर्षको उखुबाली) काटेर हिउँदेबाली लगाउन नपाइने चिन्तामा किसान छन् ।

“चिनी मिल कहिले सञ्चालन हुने थाहा छैन । खुट्टीउखु काटेर हिउँदे बाली लगाउन नपाउने चिन्ता लाग्न थालेको छ”, भङ्गाहा–४ का किसान अरुण गिरीले भन्नुभयो । क्रसिङ ढिलो हुँदा खुट्टीउखु काटेर अर्को बाली लगाउने समयसीमा नाघेँको उहाँको भनाइ छ ।

यस वर्ष जिल्लामा कूल नौ हजार बिघामा उखुखेती गरिएकोध्ये करिब चार हजार बिघामा खुट्टी रहेको सङघका अध्यक्ष कुशवाहाले बताउनुभयो । सरकारले मूल्यबारे पुनर्विचार गरी दिनुपर्ने र उद्योगले चाँडै क्रसिङ थाल्नुपर्ने किसान बताउँछन् ।

यसैबीच एभरेष्ट चिनी उद्योगले यस वर्षको उखुको क्रसिङ मङ्सिर अन्तिम सातादेखि सुरु गर्ने तयारी गरेको छ । उद्योगमा यही मङ्सिर २० गते डोङा पूजापछि उद्योग सञ्चालन गर्ने जनाउँदै पूजाको तयारी भइरहेको उद्योगका प्रशासकीय प्रबन्धक सुरेन्द्र शुक्लाले बताउनभयो । “डोङा पूजा क्रसिङ खोल्न प्रत्येक साल गरिने अनुष्ठान हो । यो पूजा सकेपछि क्रसिङ थालिने छ”, उहाँले भन्नुभयो ।