५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रिमियर लिग २०२४ को ‘ड्रिभन बाइ’ सह-प्रायोजकमा ओमोडा एन्ड जेइको



अ+ अ-

काठमाडौँ । ओमोडा एन्ड जेइकोले नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा सह-प्रायोजकको रूपमा साझेदारी गरेको छ ।

नेपाल क्रिकेट संघ र ओमोडा एन्ड जेइकोबीच एनपिएल प्रायोजनको लागि मंसिर ११ गते एमओयु हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्‌का, क्यान र एनपिएलका सदस्यहरू, एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडा तथा अन्य व्यवस्थापकीय सदस्यहरूको उपस्थिति रह्यो ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करण एनपिएल २०२४ का खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यही मंसिर १५ देखि पुष ६ गतेसम्म हुने तालिका रहेको छ ।

एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेइको र एनपिएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुऱ्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले, क्रिकेटको लागि लोकप्रियता तथा सफलता पाउँदै गरेको यो परिदृष्यमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुऱ्याउने बताउनुभयो ।

क्रिकेट नेपालमा खेलिने र हेरिने सर्वाधिक लोकप्रिय खेलमध्ये एक हो जसको माध्यमबाट धेरै नेपाली फ्यानहरू जोडिन्छन् । ओमोडा एन्ड जेइकोको यस सहकार्यले नेपाली क्रिकेटको विकासमा उल्लेखनीय भूमिका खेल्नेछ भने प्रतिभावान नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्दै नेपाल क्रिकेट लिगको विकास र सफलतामा योगदान पुऱ्याउनेछ ।